कञ्चनपुर- कञ्चनपुरको पुर्नवास नगरपालिका–३ को वडाध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।
उनी ५ सय २८ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर लामाले ३ सय १० मत पाएका छन्।
प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्।
सो वडामा खसेको कुल मतमध्ये ४ मत भने बदर भएको छ।
शनिबार सम्पन्न उपनिर्वाचनमा सो वडामा ९ सय २४ मत खसेको थियो।
शनिबारै भएको उपनिर्वाचनमा रोल्पाको थबाङ-१ पनि नेकपाकै जनकबहादुर बुढा मगरले १ सय ७४ मत प्राप्त गरी विजयी भएका छन्।
सो वडामा २०९ मत मात्र खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।