काठमाडौं- शनिबार सम्पन्न भएको उपनिर्वाचनमा रोल्पाको थबाङ-१ को वडाध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ।
नेकपाका जनकबहादुर बुढा मगरले १ सय ७४ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोका मगरले २६ मत मात्र प्राप्त गरे भने ९ मत बदर भएको थियो।
उपनिर्वाचनमा जम्मा २ सय ९ मत मात्र खसेको थियो। वडामा कुल मतदाता १२८४ थिए।
सबैभन्दा कम मत खसेको थबाङमा सबैभन्दा पहिले मत गणना सम्पन्न भएको हो।
थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि उपचुनाव भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।