काठमाडौं- साग पुरुष भलिबलमा श्रीलंकालाई पराजित गर्दै पाकिस्तान समूह बी को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ। हारपछि पनि श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो।
शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराएको हो। पहिलो सेट २८–३० ले हारेपनि त्यसपछि पाकिस्तानले लगातार तीन सेट जित्न सफल भयो। दोस्रो सेटमा २५–१८ जितेको पाकिस्तानले तेस्रो सेटमा २५–२० र चौथो सेट २५–२१ ले जित्दै समूह विजेता बनेको हो।
सेमिफाइनल खेल आइतबार हुनेछन्। जसअनुसार समूह ए को विजेता भारत र श्रीलंकाबीच बिहान ११ बजे खेल हुनेछ। त्यस्तै, समूह ए को उपविजेता बंगलादेश र पाकिस्तानबीच दिउँसो १ः३० मा खेल हुनेछ।
समूह ए मा रहेको नेपाल आफ्नो दुबै खेलमा पराजित हुँदै बाहिरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।