बैतडीमा शंकास्पद वस्तु फेला

नेपाल लाइभ | २०७६ मङ्सिर १४ शनिबार | Saturday, November 30, 2019 १३:३४:०० मा प्रकाशित

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका ५ मा शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दोगडाकेदार गाउँपालिका ५ सिल्केलेकस्थित महाकाली राजमार्गमा उक्त वस्तु फेला परेको हो।

राजमार्गमा बिहान साढे ११ बजे भेट्टिएको वस्तुमा स्टीलको बाल्टीनमा तार जोडेको अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ। उक्त शंकास्पद वस्तु सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाले राखेको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। जिल्लाको दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४ मा उपनिर्वाचनका लागि अहिले मतदान भइरहेको छ।

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान