महोत्तरी- महोत्तरीकाे एक पालिका अध्यक्ष र ३ वडाध्यक्षका लागि मतदान भइरहेकाे छ। मतदान बिहान ७ बजेदेखि सुरु भएकाे हाे।
बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यालय महोत्तरीका प्रमुख पुष्पा झाले बताइन्। २० प्रतिशत मतदाताले मतदान गरेका छन्।
महोत्तरीको पिप्रा गाउँपालिका अध्यक्ष, बलवाको वडा नं. २ र ८ का लागि वडाध्यक्ष र मटिहानीमा एक वडाध्यक्षका लागि उपनिर्वाचन भइरहेकाे हाे।
मतदाताहरुमा उत्साह देखिएकाे बलवा मतदान केन्द्रमा अनुगमनका लागि पुगेकी निर्वाचन प्रमुख झाले बताइन्। महोत्तरीमा मतदानका लागि २९ ठाउँमा मतदान केन्द्र राखिएको छ।
महोत्तरीको पिपरा, बलवा र मटिहानी क्षेत्रमा सवारी साधन आवागमन ठप्प छ भने सुरक्षा व्यवस्था कडा पारिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।