प्यूठान– उपनिर्वाचन २०७६ मा प्यूठानको तीनवटै वडामा बिहानैदेखि मतदान शुरू भएको छ।
प्यूठान नगरपालिका–२, ऐरावती गाउँपालिका–१ र २ वडामा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा ३ वडाका आठ हजार ३४६ मतदाता छन् भने आठ स्थानका १२ मतदान केन्द्रबाट मतदानकार्य जारी रहेको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।
बिहान नौ बजेसम्ममा ७०० भन्दा बढी मत खसेको उनले बताए। तीन वडाध्यक्षका लागि सात जनाले उमेदवारी दिएका छन्। ऐरावती गाउँपालिका–१ मा वडाध्यक्षका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट दोर्णप्रसाद पाण्डे र नेपाली कांग्रेसबाट अमर रेश्मीको प्रतिस्पर्धा रहेको छ भने ऐरावती गाउपालिका–२ मा तीन उमेदवार छन्।
राजमोबाट भक्तबहादुर विक, काङ्ग्रेसबाट भुपालसिं जिसी र स्वतन्त्र लौरो चिहबाट भीमेष घर्तीमगर उम्मेदवार रहेका छन्। त्यसैगरी प्यूठान नगरपालिकाबाट नेकपाका मुक्ति पोखरेल र कांग्रेसका मोहनसिं बिष्ट वडाध्यक्षका उमेदवार छन्। प्यूठान नगरपालिका–२ र ऐेरावती गाउँपालिका–१ मा राजमोले नेकपालाई सहयोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।