मेलम्ची– वडाध्यक्षका लागि उपनिर्वाचनको मतदान शान्तिपूर्वकरूपमा जारी छ। इन्द्रावती गाउँपालिका–८ मा बिहान ७ बजेबाट मतदाता मतदान गर्न लाइनबद्ध छन्।
सो वडामा एक हजार ४०४ मतदाता रहेका छन्। मतदान शन्तिपूर्वक चलिरहेको जिल्ला निर्वाचन कार्यालयका अधिकारी खेमराज थापाले जानकारी दिए। नेकपाबाट केदारनाथ आचार्य, काङ्ग्रेसबाट राले तामाङ, राप्रपाबाट रनबहादुर तामाङ र राप्रपा संयुक्त ढकबहादुर श्रेष्ठ वडाध्यक्षका उम्मेदवार छन्।
समाजवादी पार्टीका प्रकाश श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। गत वर्ष सो वडाका अध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।