काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले दुई लाख पचास हजार रुपैयाँ घुससहित एक इन्जिनियरलाई पक्राउ गरेकाे छ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढी, कैलालीका इन्जिनीयर त्रिलोक जोशीलाई अख्तियारकाे टाेलीले घुससहित रंगेहात पक्राउ गरेकाे हाे।
भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपलगायतका काम गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियारकाे कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले इन्जिनीयर जोशीलाई घुसवापतको रू दुई लाख पचास हजार रुपैयाँ लिइसकेको अवस्थामा रकमसहित कार्यकक्षबाट शुक्रबार नियन्त्रणमा लिएकाे थियाे।
उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।