काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलबाट एक किलो सुनसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पासपोर्ट नम्बर इएफ ७९९७८८२ रहेका सा लुतुइ नाम गरेका विदेशी नागरिक रहेका छन्।
तिब्बत एयरलाइन्सको उडानबाट काठमाडौं आएका उनलाई शुक्रबार बेलुका ७ बजे विमानस्थलको आवागमनतर्फ वाक थ्रुमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो।
उनले मलद्वारमा ४ थान विस्कुट आकारमा सुन लुकाइ ल्याएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।