काठमाडाैं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल अवधिभर सञ्चारकर्मीका लागि सवारीसाधान पार्किङको व्यवस्था गरिएकाे छ। त्रिभुवन आर्मी अफिसर्स क्लबमा सवारीसाधान पार्किङकाे व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्मका लागि उक्त व्यवस्था गरिएको हो। यस्तै खेल अवधिमा दशरथ रंगशाला क्षेत्रमा सवारी चाप बढ्नसक्ने भन्दै प्रहरीले खेल अवधिभर यातायात आवागमनमा पनि नयाँ व्यवस्था गरेको छ।
शहिद गेटबाट त्रिपुरेश्वरतर्फ सवारीसाधन जान पाउने तर त्रिपुरेश्वरबाट सुनधारातर्फ सवारीसाधन जान नपाउने गरी वान वे कायम गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
.JPG)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।