एजेन्सी- बेलायतकाे राजधानी लण्डनको केन्द्रस्थित लण्डन ब्रिजमा भएकाे छुरा प्रहारमा दुई व्यक्तिको मृत्यु भएको छ। मारिनेमा आक्रमणकारी पनि रहेका छन्। उनकाे प्रहरी कारबाहीमा मृत्यु भएकाे हाे।
प्रहरीका अनुसार २८ वर्षीय उस्मान खान भनेर चिनाएका आक्रमणकर्ता आक्रमणको समयमा इजाजतपत्रमा जेल बाहिर थिए। शुक्रबारकाे उक्त हमलालाई प्रहरीले आतंकवादी घटना भनेकाे छ। स्थानीय प्रहरीका अनुसार ती व्यक्तिले डिपार्टमेन्ट स्टोरमा चक्कुले आक्रमण गरी कम्तिमा ३ जनालाई घाइते बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।