काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंका प्रतिस्पर्धी पाएको छ।
महिला भलिबलको अन्तिम खेलमा आज श्रीलंकाले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेसँगै सेमिफाइनलमा नेपालको भेट श्रीलंकासँग पक्का भएको हो।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ को सेतटमा पराजित गरेको हो।
आजै भएको समूह ए को खेलमा भारतले बंगलादेशलाई सोझो सेटमा पराजित गरेसँगै भारत समूह विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
नेपालले अब फाइनल प्रवेशका लागि शनिबार समूह बी को विजेता श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। भारत र माल्दिभ्सबीचको सेमिफाइनल खेल पनि शनिबार नै हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।