काठमाडौं- नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष भलिबलमा समूह चरणबाटै बाहिरिएको छ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो।
पहिलो सेट २५–१५ ले गुमाएको नेपालले दोस्रो सेटमा पनि २५–१३ नतिजा भारतलाई सुम्पियो। तेस्रो सेटमा भने सुरुवात प्रतिस्पर्धात्मक भए पनि नेपाल २५–१६ ले पराजित भएको हो।
भारतलाई पराजित गरेको भए नेपाल सेमिफाइनलमा पुग्ने थियो। तर सबै सेटमा नेपालले राम्रो खेल्न सकेन। योसँगै समूह ‘ए’ बाट भारत विजेता र बंगलादेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।