महेन्द्रनगर- अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले एक जना इन्जिनियरलाई अढाइ लाख घुससहित नियन्त्रणमा लिएको छ।
अख्तियारबाट खटिएको टोलीले शुक्रबार धनगढीस्थित शहरी विकास तथा भवन निर्माणको संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर त्रिलोक जोशीलाई पक्राउ गरेको हो।
सेवाग्राहीबाट लिएको २ लाख ५० हजार रकम आफ्नो कार्यकक्षको टेबुलमुनी लुकाएको अवस्थामा उक्त रकम सहित जोशीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ।
रकमसहित पक्राउ परेका जोशीलाई थप अनुसन्धानका लागि महेन्द्रनगर लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।