काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष भलिबलमा नेपाल र भारतबीचको खेल सुरु भएको छ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा थालेको हो। आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ।
सेमिफाइनल प्रवेश गर्नका लागि नेपालले आज भारतलाई पराजित गर्नै पर्ने हुन्छ। यसअघि नेपालले बंगलादेशसँग बेष्ट अफ फाइभमा पुगेर हारेको थियो।
आजको खेलमा नेपाल भारतसँग हारे समूह चरणबाटै बाहिरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।