• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

पुरुषकाे तुलनामा मिर्गौला रोगबाट महिलामा बढी पिडित

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  १६:१५
1140x725

काठमाडौं– पुरुषमा भन्दा महिलामा मिर्गौलाको समस्या बढी हुने बताइएको छ । नेपालमा एकिन  तथ्याङ्क नभए पनि  उपचारमा अाउनेर बिरामीको अनुपात केलाउँदा पुरुष भन्दा महिला मिर्गौला रोगको समस्याबाट बढी पीडित हुने गरेको चिकित्सकहरू बताउँछन‍्। मिर्गौला रोग विशेषज्ञ तथा काठमाडौं, बनस्थलीस्थित मिर्गौला रोग उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेका अनुसार गर्भवती अवस्थाका जटिलताहरूले मिर्गौला रोग महिलामा बढी  हुन्छ।

मिर्गौला दिवसको पूर्वसन्ध्यामा केन्द्रले आयोजित पत्रकार सम्मेलनमा डा काफ्लेले यस्तो  बताएका हुन्। यस वर्ष मिर्गौला दिवसका मुख्य नारा ‘मिर्गौला र महिलाको स्वास्थ्य’ छ।
महिलाहरूमा स्वास्थ्य सेवा र उपचारमा पहुँच नहुँदा महिलाहरू मिर्गौला रोगबाट पीडित भएको उनी बताउँछन् । उनकका अनुसार गर्भवती महिलामा गम्भीर मिर्गौला रोग भएमा आमा र तिनका शिशुमा समेत नकारात्मक असर गर्ने  हुन्छ। उनी भन्छन्, ‘गर्भवती अवस्थामा स्वस्थ र पोषिलो खाना नखाएमा कम तौलको बच्चा जन्मन सक्छ । कम तौल भएको बच्चामा नेफ्रोन नामक तत्व कम हुन्छ । त्यो बच्चामा पछि मिर्गौला बिग्रने समस्या हुन्छ । त्यसैले गर्भवती अवस्थामा मिर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको खाँचो छ।’

विश्व स्वास्थ्य संगठनका अनुसार करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको पाइन्छ ।  गम्भीर मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा ६ लाख महिलाले ज्यान गुमाउने गरेको जनाइएको छ । मिर्गौलासम्बन्धी रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित भएको तथ्याङ्क छ वार्षिक ३ हजार नयाँ मिर्गौला रोगी थपिने गरेको चिकित्सकहरूको अनुमान छ।

मिर्गौला रोग खर्चिलो भएकोले रोगको शिघ्र पहिचान तथा यसको निदान नै मिर्गौला स्वास्थ्य राख्ने मुल मन्त्र रहेको चिकित्सक बताउँछन् । यसको लागि मधुमेह र उच्च रक्तचाप भएका, धुम्रपानको आदत भएका, ५० वर्ष उमेर नाघिसकेका, मिर्गौलामा अन्य समस्या भएका व्यक्तिलाई मिर्गौला रोगको खतरा बढी हुने भएकोले नियमित रुपमा मिर्गौला परीक्षण गराउन चिकित्सकहरु सुझाउँछन्।

२०५१ सालबाट बिरामीलाई डायलासिस सेवा प्रदान गर्दै आएको राष्ट्रिय मिर्गौला केन्द्रले  २१ वर्षको अवधिमा ४ लाख ४३ हजार १ सय ७८ वटा डायलाइसिस  सेवा दिएको छ । 
केन्द्रले  वि.स. २०६५ देखि नेपाल सरकारको निःशुल्क डायलाइसिस कार्यक्रमअन्तर्गत ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र लोपोन्मुख जातिहरुलाई निःशुल्क डायलाइसिस सेवा प्रदान गर्दै आएको छ।

Ncell 2
Ncell 2

यस्तै २०६६ सालबाट एचआईभी, हेपाटाइटिस बी, सी संक्रमितलाई पनि निःशुल्क सेवा प्रदान गर्दै आएको छ । 

औषधि निःशुल्क गर्न माग

मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई उनीहरुले सेवन गर्नुपर्ने औषधी निःशुल्क उपलब्ध गराउन माग गरिएको छ । सरकारले मिर्गौला रोगीलाई पाँच हजार रुपैयाँ जिविकोपार्जन भत्ता दिनुको सट्टा एचआइभी÷एड्सका बिरामीलाईज स्तै औषधि निःशुल्क औषधि  गर्न माग गरिएको हो । यसले बिरामीलाई राहत पुग्ने केन्द्रका कार्यकारी निर्देशक डा ऋषिराम काफ्लेले बताए।

मिर्गौला प्रत्यारोपणपछिको औषधि खर्च महङ्गो हुँदा धेरै बिरामी डायलाइसिस मात्रै गरेर बस्ने गरेको भन्दै सरकारले मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको औषधि खर्चमा सहुलीयत दिनुपर्ने उनले बताएका हुन्। ‘सरकारले मिर्गौला पीडितलाई मासिक रु ५ हजार जीविकोपार्जन भत्ता भन्दा पनि प्रत्यरोपणमा गएका बिरामीलाई निःशुल्क औषधिको व्यवस्था गरिदिँदा उपयुक्त हुन्छ,’ उनले भने, ‘सरकारले यस्तो व्यवस्था गरेमा औषधिको मूल्य पनि ३० प्रतिशत सस्तो पर्छ।’

मिर्गौलाको समस्या आउनै नदिन केन्द्रले मंगलबारबाट ‘मिर्गौला बचाऔं’ अभियान समेत शुरु गरेको छ । अभियानमा सहभागी हुने व्यक्तिबाट वर्षमा ५ सय रुपैयाँ संकलन गरेर विभिन्न ठाउँमा मिर्गौला परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने डा. काफ्ले बताए । मिर्गौला रोगीको संख्यामा कमी ल्याउन रोकथाममा बढी केन्द्रित हुनुपर्ने पनि बताइएको छ । 

मिर्गौला स्वास्थ्य राख्ने ७ उपाय 

आफूलाई सक्रिय र तन्दुरुस्त राख्ने 
रगतमा चिनिको मात्र ठीक राख्ने 
समय–समयमा जाँच गर्ने 
तौल ठीक राख्ने 
स्वस्थ  खाना खाने
धुम्रपान नगर्ने 
आफूखुशी औषधि सेवन  नगर्ने 
वर्षको एकपल्ट रगतमा क्रियाटिनीन र पिसाबमा प्रोटिन जाँच गर्ने 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची !
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्