इटहरी- कलालय इटहरीको आयोजनामा अन्तरदेशीय साझा रंगमञ्च २०१९ शुक्रबार बाट सुरु भएको छ। भारतको बेस्ट बङगालका नाट्यकर्मीको उपस्थितिमा कलालयले साझा रंगमञ्चको आयोजना गरेको हो।
अन्तर्रास्ट्रिय रंगमञ्चलाई नेपाली रंगकर्मीसँग परिचित गराउन र कला र संस्कृतिको आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरिएको आयोजक टिमले बताएको छ।
बेस्ट बङ्गाल कृष्णनगरका सुशान्त हल्दारको नेतृत्वमा आएको टोलीले नाटक प्रदर्शन गर्ने भएको छ। कार्यक्रमको उद्घाटन सत्रमा कविहरू जसराज किराँती, बद्री भिखारी, खेम नेपाली,सुमन पोखरेलको उपस्थित हरेको थियो।
सोही कार्यक्रममा बोल्दै रंगकर्मी केशव विष्टले एउटा सहर बन्नको लागि भौतिक संरचना मात्र बनेर नहुने र सहर जीवन्त बन्नको लागि कला र साहित्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।