काठमाडौं- प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये हालसम्म २० स्थानको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस अगाडि देखिएको छ।
कांग्रेसले एक नगरपालिकासहित ६ वटा स्थानीय तहमा जित हासिल गरेको छ भने । चार/चार स्थानीय तह जित्दै नेकपा एमाले र माओवादी केन्द्र बराबरीमा छन्।
यस्तै, माओवादी केन्द्रले तीन स्थानीय तह जितेको छ । संघीय समाजवादी फोरम, राजपा र फोरम लोकतान्त्रिकले पनि दुई/दुई स्थानमा विजय हासिल गरेका छन्।
हेर्नुहोस् कुन दलले कुन स्थानीय तह जिते-
कांग्रेसले जितेका स्थानीय तह (६)
१. परोहा नगरपालिका, रौतहट
२. औरही गाउँपालिका, धनुषा
३. जनकनन्दिनी गाउँपालिका, धनुषा
४. नवराजपुर गाउँपालिका, सिरहा
५. विष्णुपुर गाउँपालिका, सप्तरी
६. धनकौला गाउँपालिका, सर्लाही
एमालेले जितेका स्थानीय तह (४)
१. सप्तकोशी नगरपालिका, सप्तरी
२. बटेश्वर गाउँपालिका, धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा
माओवादी केन्द्रले जितेका स्थानीय तह (४)
१. कर्जन्हा नगरपालिका, सिरहा
२. मौलापुर नगरपालिका, रौतहट
३. अर्नामा गाउँपालिका, सिरहा
४. ठोरी गाउँपालिका, पर्सा
संघीय फोरमले जितेका स्थानीय तह (२)
१. विष्णुपुर गाउँपालिका, सिरहा
२. भगवानपुर गाउँपालिका, सिरहा
राजपाले जितेका स्थानीय तह (२)
१. हंशपुर नगरपालिका, धनुषा
२. कौडेना गाउँपालिका, सर्लाही
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह (२)
१. इशानाथ नगरपालिका, रौतहट
२. विष्णु गाउँपालिका, सर्लाही
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।