• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सागमा कराते : इतिहास रच्ने मौका

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १०, २०७६  १२:०७
1140x725

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सुरु हुन ५ दिन मात्रै बाँकी छ। साग जति नजिकिँदो छ अभ्यासमा रहेका कराते खेलाडीमा आत्मविश्वास र उर्जा थपिँदो छ। 

१३औँ साग यहि मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ । सातदोबाटोस्थित कराते हलमा नै सागको कराते प्रतियोगिता हुनेछ। जहाँ अहिले कराते टिमले नियमित अभ्यास गरिरहेको छ।

यो पटक करातेमा १९ स्वर्णका लागि ५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। करातेमा भारत र माल्दिभ्सले भने भाग लिएको छैन। यसअघि १६ स्वर्णमात्रै समावेश गरिए पनि १३औँ सागका लागि ३ वटा स्पर्धा थप गरिएको हो। महिलातर्फ ४५ केजी तौल समूह तथा महिला र पुरुषको टिम फाइट विधा थप गरिएको छ।

यसले पनि नेपालले स्वर्ण पदक धेरै विधामा जित्ने विश्वास छ। सागका लागि सुपरिवेक्षण प्रशिक्षक रहेका दीपक श्रेष्ठ भन्छन्, ‘आठौं सागमा पहिलो पटक कराते खेललाई समावेश गर्दा नेपालले १६ स्पर्धामा १४ वटामा स्वर्ण पदक जितेको थियो। दुई वटा मात्रै स्वर्ण पदक अरु देशले जितेको थियो। यो पटक १९ वटा स्वर्ण पदकमा प्रतिस्पर्धा राखिएको छ। त्यसले गर्दा पहिलेको जति नै स्वर्ण पदक जित्छौँ।’

त्यसो त, नेपाली कराते खेलाडीलाई केही दिनअघि मात्रै बंगलादेशमा सम्पन्न पाँचौ साफ कराते च्याम्पियनसिपले पनि केही हौसला दिएको छ। जसमा नेपाली टिमले ८ स्वर्ण जित्दै च्याम्पियन बनेको थियो।

भारतले करातेमा सहभागिता नजनाएकाले अब नेपालको लागि मुख्य चुनौती भनेको श्रीलंका र पाकिस्तान हो। प्रशिक्षक दीपक भन्छन्, ‘दक्षिण एसियामा करातेमा नेपाल भनेपछि अरु देशको मनोबल ५० प्रतिशत घट्छ। भारतले करातेमा भाग नलिएपछि त्यसको फाइदा त हामीलाई नै छ। हाम्रो सबैभन्दा ठूलो प्रतिस्पर्धी पाकिस्तान हो।’

गर्विलो इतिहास
सागको इतिहास हेर्दा करातेलाई ढिलो गरी आठौं सागदेखि मात्रै समावेश गरियो। सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं सागमा करातेले पहिलो पटक प्रवेश पाएको थियो। जुन सागमा नेपालले करातेमा सर्वाधिक १४ स्वर्ण पदक जितेको इतिहास छ।

त्यसबेला रवि महर्जन, दीपक श्रेष्ठ, धोजमान मोक्तान, सुरेन्द्रलाल श्रेष्ठ, राजेश श्रेष्ठ, कृष्ण गुरुङ, प्रिति डंगोल, निता राई, निमा पाठक, जुनु राई र विनिता चौधरीले स्वर्ण पदक जितेका थिए। त्यस्तै, गंगाराम महर्जनले सिंगल कातामा स्वर्ण पदक जित्दा पुरुष टिम काता र महिला टिम कातामा गरी नेपालले १४ स्वर्ण पदक जितेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, दुर्गाराज निरौलाले रजत पदक पाउँदा मकेन्द्रबहादुर सिंहले कास्य पदक जितेका थिए। आठौं सागमा नेपाल कुनै पनि स्पर्धामा पदकविहीन भने भएको थिएन।

पाकिस्तानमा सन् २००४ मा भएको नवौं सागमा नेपालले सात स्वर्ण पदक जित्दा करातेको नाममा एउटा स्वर्ण पदक रह्यो। नेपालका लागि करातेमा दीपक श्रेष्ठले ६० केजी तौल समूहमा स्वर्ण जितेका थिए। १० स्पर्धामा भएको करातेमा नेपालले कुल ६ वटा पदक जितेको थियो। कुशल श्रेष्ठ र सुरेन्द्र श्रेष्ठले रजत जित्दा गंगाराम महर्जन, राजु अधिकारी र रविन्द्र दाहालले कास्य पदक जिते।

सन् २००६ मा श्रीलंकामा भएको १०औं सागमा भने नेपालले करातेमा १० वटा पदक जित्न सफल भयो। जसमा २ स्वर्ण ३ रजत र ५ कास्य पदक थियो।

सुलोचना सिज्वाखा र कुशल श्रेष्ठले स्वर्ण जित्दा अमृता शाक्य, राम लिम्बु र महिला टिम कातातर्फ सुभद्रा श्रेष्ठ, रोजी नगरकोटी, संगीता डंगोल र रोमिका राईले रजत पदक जितेका थिए।

त्यस्तै, कृष्णा कला केसी, विनोद शाक्य, रविन्द्र दाहाल, राम सरण टवाटी र पुरुष टिम कातातर्फ निरबहादुर मोक्तान, केदारबहादुर सिंखडा, गणेश थिङ र पुर्णबहादुर बलामीले गरी ५ कास्य पदक जितेका थिए।

२०१० बंगलादेशमा सम्पन्न ११औं साग खेलकुदमा करातेमा नेपालले ७ वटा पदक जितेको थियो। सुनिल लामा, विनोद शाक्य र गंगा अधिकारीले स्वर्ण पदक जित्दा अनु अधिकारी र विनोद महर्जनले रजत पदक ल्याएका थिए।

पुरुष टिम कातातर्फ कुशल श्रेष्ठ, पर्शुराम बास्तोला र गणेशबहादुर थिङले कास्य पदक जितेका थिए।

यी हुन् १३औं साग खेल्ने करातेका ३१ खेलाडी
मण्डेकाजी श्रेष्ठ, प्रविन मानन्धर, सोनाम लामा, नविन रसाइली, गंगाराम कुसुवार, दिवस श्रेष्ठ, सुन्नी तामाङ, महसुस मोक्तान, राजकुमार रसाइली, लक्ष्मण तामाङ, अर्जुनकुमार बागचन्द, लेखनाथ मैनाली, मुकुन्द महर्जन, विप्लवलाल श्रेष्ठ, सुशिल पौडेल, विनोद शाक्य, दिगाम्बर पन्त, चञ्चला दनुवार, कोपिला विष्ट, सुरु कार्की, निर्मला तामाङ, एस्टर राई, अनुपमा मगर, संगिता मगर, कुसुम खड्का, अनु अधिकारी, मनिषा चौधरी, रीता कार्की, अनु गुरुङ, सुस्मिता वाइबा र सुनिता महर्जन।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैन : विद्या भण्डारी
राष्ट्र ऋण उठाउने विधेयक पारित
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैन : विद्या भण्डारी आइतबार, असार १४, २०८३
राष्ट्र ऋण उठाउने विधेयक पारित आइतबार, असार १४, २०८३
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत आइतबार, असार १४, २०८३
आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता आइतबार, असार १४, २०८३
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्