• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य

पञ्चायत कालरात्रीमा रामराजालाई आश्रय
64x64
नेपाल लाइभ सोमबार, मंसिर ९, २०७६  ०५:१६
1140x725

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका-६, कटुन्जे निवासी श्रीमती रोमकुमारी तिमिल्सिनाले ९५ वर्ष कटेपछि गत कार्तिक २९ गते पाञ्चभौतिक शरीर विसर्जन गरिन्। उनी स्व. बटुकृष्ण तिमिल्सिनाकी धर्मपत्नी थिइन्।

२०२० साल अगाडि काठमाडौंको खिचापोखरीमा रहेको घरमा बस्दा त्यतिबेला प्रतिबन्धित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलगायतलाई उनका पति बटुकृष्णले नियमित खान बोलाउँथे। राजनीतिमा आफू सक्रिय नभए तापनि पति बटुकृष्णको आतिथ्यमा आउने नेताहरुको सेवामा सदैव तत्पर हुन्थिन् उनी। घरमा नेताहरु आउनेजाने क्रम बाक्लिएपछि रोमकुमारी राजनीति बुझ्ने भएकी थिइन्। 

पति श्रीबटुकृष्ण साहित्यमा रुचि राख्दथे। उनी साहित्यिक पत्रिका पनि चलाउथे रे। आध्यात्मिक थिए। बेलाबेलामा घरमै साहित्यकारहरुको जमघट पनि भइरहन्थ्यो।

२००७ साल अघिदेखि नै उनमा राजनीतिप्रति चाख बढेको थियो। उनले बढीजसो कांग्रेसका नेताहरूलाई नै सहयोग गरे। २००७ सालमा राजा त्रिभूवन भारतमा आश्रय लिन गएपछि बालकमै राजा भएका ज्ञानेन्द्रको नाममा निकालेको सिक्का लिएर बटुकृष्ण त्रिभूवनलाई देखाउन दिल्लीसम्म पुगेका थिए। 

केही समयको अन्तरालपछि बटुकृष्णको परिवार काठमाडौँबाट सरेर पुर्ख्यौली घर भक्तपुरको कटुन्जेमै बस्न थाल्यो। बटुकृष्ण र रोमकुमारीबाट ५ छोरी र ४ छोरा भए। 

उनका भान्जा मनमोहन भट्टराई, हरिबोल भट्टराई कांग्रेसमा सक्रिय थिए। तर अर्का भान्जा अनन्तराम भट्टराई भने प्रहरीमा एआइजीबाट निवृत्त भए। पञ्चायतकालमा भान्जाहरुको मावलीमा बसोबास र आवतजावत बाक्लै हुने गरेको थियो।

रोमकुमारीका घरमा साधु/सन्यासी/जोगीको अभ्यागत नियमित रूपमा भइरहन्थ्यो। प्रायजसो २/४ जना टुट्दैनथे। भोलिपल्ट खाना खुवाएर यथोचित दान दिएर बिदाई गरिन्थ्यो। 

घरकै परिसरमा रहेको मन्दिरमा साधुसन्त आएर बस्थे। साधुहरुको अभ्यागतमा रोमकुमारी सदैव अग्रसर हुन्थिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गणतन्त्रवादी रामराजाप्रसाद सिंहलाई भूमिगतकालमा आश्रय
कुरा हो २०२८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन ताकाको। राष्ट्रिय पञ्चायत निर्वाचनमा स्नातक कोटाका लागि ४ सिटमा चुनाव हुने निश्चित भयो। गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह पनि उम्मेदवार बने। 

सिंहले 'नयाँ युगको शुरुवात' भनी चुनावी घोषणापत्र जारी गरेका थिए। सो घोषणापत्रमा देशलाई गणतन्त्र आवश्यक छ भनी उल्लेख गरिएको थियो। गणतन्त्रको माग गर्ने क्रान्तिकारी घोषणापत्र भएका कारण प्रहरी गिरफ्तारीबाट बच्न सिंहलाई भूमिगत गराइयो। उनी भूमिगत भएसँगै उनको घोषणापत्र पनि लुप्तप्राय नै भयो। तर पनि सो घोषणापत्र लुकीलुकी पढ्ने जमात पनि ठूलै थियो। 

सिंहलाई ठाउँ सारीसारी लुकाइन्थ्यो। युवा कांग्रेसी अनारसिंह कार्की, मार्शल जुलुम शाक्य, पुरुषोत्तम बस्नेतलगायतले काठमाडौंका विभिन्न टोलमा ठाउँ सार्दै लुकाएका थिए। काठमाडौंमा बढी समय बस्न उपयुक्त नहुने निष्कर्ष निकालिएपछि टाढाको आश्रयस्थल खोजिएछ। 

अर्का युवा कांग्रेसी हरिबोल भट्टराईले सबैको सल्लाहमा आफ्नो मामाघर भक्तपुरको कटुन्जे लगेछन्। कटुन्जेमा मामा बटुकृष्ण तिमिल्सिनाको घर थियो। मामाले सहजतासाथ रामराजालाई आफ्नो घरमा आश्रय दिए।

Xtrem

Xtrem

रामराजासँग अत्यन्त घनिष्ठता भएछ। दिनभर रामराजाले बटुकृष्ण तिमिल्सिना परिवारलाई श्रीकृष्णलीलालगायत आध्यात्मिक सत्संगले मख्ख पारेछन्। बटुकृष्णको घरमा सिंह पुराण भन्ने व्यासजस्तो गरी प्रवचन दिएछन्। कहाँको गणतन्त्रवादी राजनीतिक नेता सिंह, कहाँको आध्यात्मिक भजन। जे होस् उनीमा आध्यात्मिक क्षमता थियो भन्ने कुरा चाँहि यही विषयले प्रष्ट हुन्छ। 

रामराजाप्रसाद सिंहको गणतन्त्रका लागि संघर्ष नामको आत्मवृत्तान्तमा कटुन्जेको बसाईबारे सजीव वर्णन छ।

रामराजाकै काका जमुनाप्रसाद सिंहलाई पनि जयप्रकाश नारायणवाला घटनामा बटुकृष्णले घरमा आश्रय दिएका रहेछन्।

हरिबोलका मामा बटुकृष्ण विद्वान थिए। उनीसँग साहित्यलगायत अरु विषयमा कुरा भएको रामराजाले उक्त पुस्तकको पृष्ट १०४ मा उल्लेख गरेका छन्। 

हरिबोलकी मामलकी हजुरआमा पनि थिइन् त्यतिबेला। उनको उमेर त्यस्तै ८०/८५ वर्ष थियो होला। तर उनको साहस युवा अवस्थाको भन्दा कम थिएन। घरका सबै बालबच्चासमेत उस्तै साहसिला लाग्थे। पुलिस आएको समयमा उनै हजुरआमाले मकैबारीको छाप्रोमा आफूलाई लुकाउने र डराउनु पर्दैन भनी ढाडस दिने गरेको सिंहले लेखेका छन्। 

तराईबासी कोही आएको छ कि भनी सोधीखोजी गर्दै एकपटक प्रहरी पुगेछन्। बटुकृष्णकी छोरी सानुले 'सर्लाहीमा मौजा भएकाले मधेशवासी आइरहन्छन्। तर ४/५ दिन अगाडि नै फर्किसके' भन्दिइछन्। त्यसपछि प्रहरी फर्केछन्। त्यसबेला प्रहरीको सुइँको पाउने बित्तिकै रामराजालाई बुइँगलमा लुकाइएछ।

'धेरै दिन एकै ठाउँमा राख्न हुँदैन' भनी हरिबोल आएर अन्यत्र आश्रयस्थलमा लैजाने भनेछन्। घरकी ती हजुरआमासमेतले 'हामी यहीँ राख्छौं, केही हुँदैन' भनी नलैजान कर गरेछन्। तर पक्राउको डरले अन्यत्र सारिएछ। 

कटुन्जेमा कति बसेको भन्ने किताबमा त छैन। तर १९ दिन राखिएको रहेछ। त्यहाँबाट पूर्वतिर हरिबोलले अर्को आफन्तको घरमा राखे, जहाँ पहिले पहिरोमा हात्ती पुरिएको हाडखोर भेटिएको थियो भनी रामराजाले लेखेका छन्। त्यताबाट पछि उहाँलाई जनकपुर तिर लगिएछ। 

'आफ्नो जीवनमा लगातार सबैभन्दा राम्रो खाना कहीँ खाएको छु भने भूमिगत बस्दा मैले बटुकृष्णजीकै घरमा खाएको छु। यो मेरो सौभाग्य हो,' भनी रामराजाले लेखेका छन्। रामराजालाई त्यो राम्रो खाना खुवाउने त्यतिबेला घरकी बुहारी भर्खरै दिवंगत भएकी रोमकुमारी तिमिल्सिना नै थिइन्। स्वर्गीय बटुकृष्ण र रोमकुमारीलाई गणतन्त्रका अभियन्ता भनी सम्मान गरिएको थियो। 

२०४२ साल असार ६ गतेको बमकाण्डपछि बटुकृष्णलाई रामराजा समर्थक भनी सर्लाहीको घरमा व्यापक खानतलासी गरिएछ। अनि प्रहरीले पक्राउ गरेछ। १७ दिन थुनेपछि प्रमाण फेला नपरेपछि बटुकृष्णलाई छाडिएछ।

व्यक्त/अव्यक्त रुपमा प्रजातान्त्रिक र गणतन्त्रवादी रामराजाप्रसाद सिंहलाई त्यस्तो पञ्चायती कालरात्रीमा निर्भय आश्रय दिने र सेवा टहल गरी सुरक्षा दिनेमध्येकी एक रोमकुमारी तिमिल्सिनालाई 'गुमनाम गणतन्त्रवादी' भन्नु अन्यथा नहोला। हिजो माओवादीकालमा माओवादीसँग भेट्नसम्म डराउने यो समाजमा त्यतिबेला निर्भय भएर पहिलो गणतन्त्रवादी नेता रामराजालाई आश्रय दिने र पक्राउबाट बचाउने यी रोमकुमारीसमेतको प्रशंसा यति शब्दमा कमै होला।

स्वर्गीय रोमकुमारीको आत्माले शान्ति पाओस्। गणतन्त्र फलोस्, फुलोस्। अस्तु।

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  ०५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्