सिरहा– विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी भएका छन् । उनले १९४० ल्याए । उपाध्यक्षमा समाजवादीकै अरहुल्ला देवील सिंह २००७ मत ल्याएर विजयी भएका छन् । अध्यक्षमा एमालेका सत्यनारायण यादवले १२ ८० र ललितादेवी यादवले १२२० मत सहित पछ्याएका थिए ।
नवराजपुर गाउँपालिकामा काँग्रेसका विश्वमोहन यादवले अध्यक्ष र शोभाकुमारी यादवले उपाध्यक्षमा जित हासिल गरेका छन् । अध्यक्षमा संघीय समाजवादी फोरमका शिवउद्गार यादवले २११४ मत ल्याए भने एमालेका संगीता कुमारी यादव १९८८ ल्याएकी छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।