वीरगञ्ज- पर्साका १४ स्थानीय तहमध्ये पाँच वटा तहमा अग्रता लिँदै संघीय समाजवादी फोरम अगाडि देखिएको छ।
प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा भने राजपाको अग्रता कायमै छ। राजपाको अग्रता महानगरमा मात्रै देखिएको छ।
जारी मतगणनामा संघीय समाजवादी एक नगरपालिकासहित पाँच वटा तहमा अगाडि छ। नेकपा एमाले एक नगरपालिकासहित तीन स्थानीय तहमा, नेपाली कांग्रेस र माओवादी केन्द्र दुई/दुई स्थानीय तहमा तथा नेपाली जनता दलले एक गाउँपालिकामा अग्रता लिइरहेका छन्।
१४ स्थानीय तहमा कहाँ कसको अग्रता?
संघीय समाजवादी फोरम:
पोखरिया नगरपालिका
धोबनी गाउँपालिका
छिपहरमाई गाउँपालिका
जगरनाथपुर गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका
नेकपा एमाले:
पर्सागढी नगरपालिका
पटेर्बा सुगौली गाउँपालिका
बिन्दवासनी गाउँपालिका
नेपाली कांग्रेस:
बहुदरामाई नगरपालिका
जिराभवानी गाउँपालिका
माओवादी केन्द्र:
ठोरी गाउँपालिका
पकाहा मैनपुर गाउँपालिका
राजपा:
वीरगञ्ज महानगरपालिका
नेपाली जनता दल:
कालिका गापा
वीरगञ्ज महानगरमा मतगणनाको पछिल्लो परिणाम (मेयर/उपमेयर)
राजपा- २१४३ / २०१२
कांग्रेस- १८०५ / १९७४
संघीय समाजवादी- ९९५ / ८५८
माओवादी- ७३९ / ५८२
एमाले- ६२५ / ७७४
लाे. फाेरम- ५३८ / ४३९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।