वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको मतगणना स्थगित भएको छ।
मत गणनाको क्रममा अधकट्टीसहितको मतपत्र भेटिएपछि गणना स्थगित भएको हो । वडा नम्बर ३२ को मतगणना भइरहँदा मतपत्रको अधकट्टी भेटिएको थियो।
यसबारे निर्वाचन अधिकृतले पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेका छन्।
अहिलेसम्मको गणनामा वीरगञ्जमा राष्ट्रिय जनता पार्टी (राजपा) का मेयर उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन् । उनीपछि नेपाली कांग्रेसका अजयकुमार द्विवेदी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।