लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन हुने भएको छ। त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रो पटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको आयोजक समितिका संयोजक भिक्षुमैत्री महास्थविरले जानकारी दिए।
.jpg)
कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत २५ देशका भिक्षु, गुरुआमा, लामा, आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने छ। तीन दिनसम्म हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सुत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ।
.jpg)
पहिलो दिन नेपाली भिक्षुले सुत्र पिटक अन्तर्गतको दीर्घनिकायको बह्रमजाल सुत्र वाचन गरेर त्रिपिटक वाचनको सुरुवात गरेपछि दोस्रो दिन म्यान्माका भिक्षुले अभिधम्म पिटक वाचन र तेस्रो दिन थाई भिक्षुुले विनय पिटक वाचन कार्यक्रमको नेतृत्व गर्ने उनले बताए।
त्रिपिटक वाचनले लुम्बिनीको प्रचारप्रसारका साथै बौद्ध शिक्षा र त्रिपिटकको महत्वका बारेमा सचेत गराउने संयोजक महास्थविरले बताए। लुम्बिनीकै प्रचारप्रसारका लागि त्रिपिटक वाचनभन्दा अघि ३ दिनसम्म शान्ति पदयात्राको कार्यक्रम रहेको छ। त्रिपिटक च्यान्टिङको पुर्व सन्धयामा मंगलबारपरेको पूर्णिमाका अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूर्णिमा उत्सव मनाइएको छ।
.jpg)
पूर्णिमाको अवसरमा लुम्बिनी विकास कोषले मंगलबार साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलन गरेको छ। दीप प्रज्वलनमा लुम्बिनी विकास कोषका पदाधिकारी तथा शाखा अधिकृतहरु, भिक्षु, भिक्षुणी, बौद्ध उपासक, उपासिका तथा सर्वसाधारणसमेत सहभागी थिए।
.jpg)
.jpg)
(1).jpg)
.jpg)
.jpg)
के हो त्रिपिटक?
त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो। यो ग्रन्थलाई सबै बौद्ध सम्प्रदायले अनुशरण गर्छन्। यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो। जसमा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ।
यो ग्रन्थ पाली भाषामा लेखिएको छ भने विभिन्न भाषामा अनुवाद पनि भएको छ। यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरी निर्माण हुनुअघिसम्म दिएका प्रवचन छन्। बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए।
.jpg)
गौतमबुद्धको महापरी निर्माणपछि विभिन्न सङ्घमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ। अभिधम्म पिटक, सुत्र पिटक तथा विनय पिटकको सङ्ग्रह नै ‘त्रिपिटक’ हो। त्रिपिटकअन्तर्गतका विनय पिटकलाई सुत्र पिटक र अभिधम्म पिटकलाई विभिन्न चरणमा विभाजन गरिएको छ।
विनयपिटक अन्तर्गत सुत्र विभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन्। सुत्र पिटकअन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्म पिटक अन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातु कथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।