• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लय गुमाएको काठमाडौं

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २६, २०७६  १२:५२
1140x725

भौगोलिक उपस्थिति मात्र नभएर उपादेयताको हिसाबले पनि टुँडिखेल काठमाडौंको मुटु हो। टुँडिखेलबाट व्यक्तिगत लाभ लिन खोज्ने र यसको सौन्दर्य जोगाउन खोज्नेबीच ‘द्वन्द्व’ चल्दैआएको छ। टुँडिखेलको सौन्दर्य र महत्व जोगाउने ‘अकुपाई टुँडिखेल’ अभियानको सराहना गर्नैपर्छ। तर सिंगो शरीर नै च्यापिँदै गएको अवस्थामा मुटु मात्र कतिञ्जेल जोगाउन सकिन्छ? 

टुँडिखेल मुटु हो भने काठमाडौं सिंगो शरीर हो। राजधानी रहेको काठमाडौं आफै‌ंमा पुरानो सहर हो। कुनै समय काठमाडौं संसारकै सुन्दर सहरमा गन्ती भएको कुरा पढ्न पाइन्छ। यो सहरसँग जोडिएका विभिन्न सम्पत्ति, संरचना, अभ्यास र संस्कृति छन्। बेलामौकामा उपत्यकाको सम्पत्ति, संरचना वा स्थान विशेषको अतिक्रमणको समाचार सुन्न पाइन्छ। अतिक्रमणबाट जोगाउन आन्दोलन हुन्छ। काठमाडौंका सडकहरु तातिन्छन्। अनि एउटा सम्झौताको विन्दुमा आन्दोलन टुंगिन्छ। त्यसपछि यहाँको जीवन पुरानै लयमा फर्किन्छ।

तर, झलक्क हेर्दा पुरानै लयमा फर्किए पनि काठमाडौंमा जीवनको लय दिनानुदिन खस्किँदो छ। जीवनको लय बिग्रने काम सिंगो काठमाडौंको स्वास्थ्य र अवस्थासँग जोडिएको छ।

काठमाडौंलाई मन्दिरहरुको सहर भनिन्छ। तर अब भनिन्थ्यो भन्ने बेला भएको छ। यो सहरमा यति घरहरु ठडिए कि अब मन्दिरहरु नगन्य भए। मानिसहरु यति भित्रिए कि सडक र गल्लीहरु साँघुरा र अपर्याप्त भए। अचेल स्वयम्भू बाहेक अरु कुनै पनि मन्दिर टाढाबाट बिरलै देखिन्छ। बिरलै सडकमा निर्वाध सवारी साधन गुड्न सक्छन्। 

झलक्क हेर्दा पुरानै लयमा फर्किए पनि काठमाडौंमा जीवनको लय दिनानुदिन खस्किँदो छ। जीवनको लय बिग्रने काम सिंगो काठमाडौंको स्वास्थ्य र अवस्थासँग जोडिएको छ।

राजधानी सहरमा जनसंख्या बढ्नु ठूलो र अनौठो कुरा होइन। तेस्रो विश्वको कुनै पनि राजधानी सहरमा मानिसको आकर्षण बढी नै हुन्छ। यो आकर्षण मानिसको सुविधाभोगी मनोविज्ञानसँग त जोडिएको हुन्छ नै, साथसाथै मानिसको शान–सौकत र बदलिँदो परिवेशसँगै उब्जिने मानिसको आवश्यकता र रहर पनि जोडिन पुग्छन्। राजधानी सहरमा गाउँ तथा अन्य सहरको तुलनामा बढी सेवा–सुविधा हुन्छ। अवसरको मात्रा पनि बढी नै हुन्छ। यिनै कारणले जनसंख्या वृद्धि तीब्र छ राजधानी सहरमा। तीब्र जनसंख्या वृद्धिले राजधानीमा अव्यवस्थित बसोबास बढ्दो छ। साथै पाएसम्म जग्गा खण्डीकरण गर्ने र नदी किनार, सरकारी जग्गा हडप्ने प्रचलन पनि बढेको छ।

यी कार्यहरु हुनुमा सरकारको उदासिनता तथा योजना र नीतिको अभावले काम गरेको छ। परिणाम त टुँडिखेलमात्र हैन, सिंगो राजधानीको भूभाग नै बिगँ्रदै गएको छ। यो बेला टुँडिखेल जोगाउन लागेका अभियन्ता तथा काठमाडौंमा बसोबास गर्ने वा यहाँ बसेर कर्म गर्ने सबैले प्रश्न गर्नुपर्छ।

सिंगो उपत्यकामा हरियाली मासिँदै गएको बेला, नदी किनारका खाली जग्गा मिचिएर संरचना बन्दै गर्दा, सरकारी कार्यालयहरु आफ्नो खाली जग्गालाई मुनाफा दिने व्यापारिक संरचना निर्माण गर्न उद्यत रहँदा वा भूमाफियाहरु सरकारी जग्गा हडपेर बिक्री–वितरण गर्न सल्बलाइरहेको बेला टुँडिखेलको बारेमा मात्र आवाज उठाउनु पर्याप्त हुन्छ? 

Ncell 2
Ncell 2
nimb
nimb

टुँडिखेलको विद्रुपीकरण तथा अतिक्रमण कुनै खास घटनासँग जोडिएको देखिएला। तर यसको निम्ति घटनाभन्दा प्रवृत्ति प्रधान छ।

टुँडिखेलको विद्रुपीकरण तथा अतिक्रमण कुनै खास घटनासँग जोडिएको देखिएला। तर यसको निम्ति घटनाभन्दा प्रवृत्ति प्रधान छ। यसको मूल प्रवृत्ति भनेको जसरी पनि आफूलाई काठमाडौंमै स्थापित गर्ने वा हुने भन्ने हो। राजनीतिक नेतृत्व प्रदान गर्नेहरु यो देशका विभिन्न ठाउँबाट आएका होलान्। उनीहरु आज पनि चुनाव लड्न आफ्नै जन्मथलो फर्किरहेका हुन्छन्। तर उनीहरुलाई काठमाडौंमै घर बनाएर बस्नु परेको छ। नेताले काठमाडौंमा आफ्नो घरको आवश्यकता देख्छ। तर काठमाडौलाई व्यवस्थित गर्ने नीति तथा योजनाको आवश्यकता देख्दैन।

राजनीतिक दलको सोचाइ र नेताहरुको व्यवहारले अन्यलाई पनि प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पारेको हुन्छ। अझैसम्म काठमाडौं बाहिर कुनै अन्तर्राष्ट्रिय विमानस्थल बनेको छैन। अझै पनि मोफसलमा मानिसले राम्रो उपचारको लागि काठमाडौंकै अस्पताल धाउनुपर्छ। सरकारी तवरको होस् वा निजी, राम्रा कलेज तथा विद्यालय काठमाडौंमै केन्द्रित छन्। जीवनका आवश्यकतासँग जोडिएका यी संस्था तथा सेवा–सुविधा काठमाडौं भएपछि सक्नेहरु यतै आउँछन्। कर्मचारी, व्यापारी र पैसावाल राजधानी सहरमै भित्रिए र भित्री रहनेछन्।

यस कारण राजधानीमा जनसंख्या वृद्धि तीब्र भएको छ। तीब्र जनसंख्या वृद्धि र यसको अतिक्रमणले राजधानीको सुन्दरता मात्र खस्किएको छैन। यसको वातावरण पनि प्रदूषित छ। प्रदूषित सहरको नाममा काठमाडौं अन्तर्राष्ट्रिय समाचारमा छाउन थालेको धेरै भइसक्यो। 

कतिलाई लाग्न सक्छ, टुँडिखेलको अतिक्रमण र काठमाडौंको प्रदूषणबीच के सम्बन्ध छ? निश्चय नै सम्बन्ध छ। काठमाडौंको प्रदूषण बढ्दो जनसंख्या वृद्धि, अव्यस्थित सहरीकरण र विलासी जीवनसँग जोडिएको छ। सबैलाई चाहिने काठमाडौं सहर साँघुरिदै गएको छ।

निश्चय नै सहरमा पनि खुला ठाउँ र पार्कहरु चाहिन्छन्। तर यस्तो ठाउँहरु हामीसँग छैन। साथै साँघुरिएको सहरमा जग्गा मूल्यवान हुन गएकोले हरियाली, बाटघाटोको लागि जग्गा छोड्ने भन्दा त्यसमा घर निर्माण गर्ने कामले प्राथमिकता पाएको छ। यस्तो अवस्थामा कुनै पनि खुला ठाउँलाई विभिन्न हिसाबले मिच्ने कोशिस गरिन्छ। चाहे त्योमध्ये सहरको टुँडिखेल होस् वा प्रधानमन्त्री निवासको पर्खालले घेरेको बालुवाटर। भलै बालुवाटर र टुँडिखेल अतिक्रमणका उद्देश्यहरु फरकफरक छन्। 

अहिलेको अवस्थाको काठमाडौं नेताको मोनोरेल कि, मेट्रो रेल भन्ने विवाद तथा यस्ता रेलका परिकल्पनाले मात्र व्यवस्थित हुँदैन।

काठमाडौंमा राजधानी राख्ने परिकल्पना पृथ्वीनारायणको शाहको थियो। ६२/६३ को जनआन्दोलनको सफलता र त्यसपछिको निर्णयले शाह वंश जोडिएको राजसंस्था इतिहास भइसक्यो। गणतन्त्रको आगमनसँगै राजधानी सार्ने कुरा सर्वसम्मत जस्तो देखिन्थ्यो। तर न राजधानी सर्‍यो, न त राजधानीको लागि पृथ्वीनारायण शाहको भन्दा उन्नत सोच नै ल्याउन सक्यो।

यो लेखकसँग कुनै तथ्यांक त छैन। तर हाल अस्थायी र स्थायी गरेर जति मान्छे बस्छन् राजधानीमा, सायद पृथ्वीनारायण शाहको पालामा सिंगो नेपालको जनसंख्या त्यति थिएन। उपत्यकामा तराईको भूभागमा जस्तो असीमित बस्ती विस्तार गर्न सकिँदैन। सीमित जमिनमा बढ्दो जनसंख्या र पुरातन शैलीको बस्ती निर्माणले राजधानी साँघुरो बनेको छ। यस्तो बेला सिंगो राजधानी शहर कसरी व्यवस्थित बनाउने भनेर सोच्न जरुरी छ।

अहिलेको अवस्थाको काठमाडौं नेताको मोनोरेल कि, मेट्रो रेल भन्ने विवाद तथा यस्ता रेलका परिकल्पनाले मात्र व्यवस्थित हुँदैन। नागरिक समाज, अभियन्ताको सोच तथा सोच अनुरुपको दबाब पनि जरुरी हुन्छ। यस्तो दबाव निरन्तर जरुरी देखिन्छ। 

साँघुुरिदै गएको राजधानीमा टुँडिखेलको होइन, सिंगो काठमाडौंको भविष्यबारे सोच्ने बेला आइसकेको छ। राजधानी सहर नै भताभुंग भयो भने त्यो भित्रको एउटा टुँडिखेल सधैं सग्लो रहँदैन। तसर्थ राजधानी सहरमा अब टुँडिखेल जोगाउने आन्दोलन मात्र काफी छैन। स्वस्थ र व्यवस्थित राजधानीको लागि आवाज उठाउने बेला भइसकेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
सम्बन्धित सामग्री
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्