• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्थानीय जनप्रतिनिधिलाई काम गर्ने बाटो खुल्यो, के-के छन् अधिकार?

64x64
नेपाल लाइभ बुधबार, असोज ४, २०७४  १३:४३
1140x725

काठमाडौं– स्थानीय तहमा निर्वाचित भएको तीन महिनापछि जनप्रतिनिधिले कार्य सञ्चालन गर्ने कानुन पाउने भएका छन्। 

मंगलबार राति व्यवस्थापिका संसदले स्थानीय तह सञ्चालन विधेयक पारित गरेपछि जनप्रतिनिधले आवश्यक कानुन पाउने निश्चित भएको हो।

तेस्रो चरणको निर्वाचनको मत परिणाम आउन थालेपछि सरकारले स्थानीय तह सञ्चानलन विधेयक पारित गरेको हो। 

विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ। प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशित हुँदै ऐनको रुपमा कार्यान्वयनमा आउनेछ। विधेयक वैशाख दोस्रो साता नै संसदमा दर्ता गराए पनि चार महिनादेखि समितिमै रोकिएको थियो।

पहिलो चरणको निर्वाचनबाट जेठको पहिलो साता ३४ जिल्लाबाट २ सय ८३ र दोस्रो चरणमा ३३ जिल्लाका ३ सय ३४ तहमा जनप्रतिनिधि चयन भएर काम सुरु गरिसकेका छन्। असोज २ गते ८ जिल्लाबाट १ सय ३६ तहमा नयाँ जनप्रतिनिधि निवार्चित हुँदैछन्। 

संविधानको भावना र मर्मविपरीत स्थानीय विकास मन्त्रालयले जारी गरेको आदेशमा ६ सय १७ तह सञ्चालन भइरहेका थिए। दैनिक कामकारबाही सञ्चालनका लागि कानुनी आधार हुने यस्ता ऐन नदिँदा जनप्रतिनिधिले कममा अवरोध झेल्नुपरेको थियो। 

वैशाख दोस्रो साता तत्कालीन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए। विधेयक संसदमा पेस भएपछि पनि सैद्धान्तिक छलफल, संशोधनको प्रक्रिया, दफावार छलफल लगायतका प्रक्रिया सुरु भएको थियो।  जनप्रतिनिधि निर्वाचित भइसक्दा समेत यसलाई पारित गर्न ‘फास्ट ट्र्याक’ विधिमा ध्यान दिइएन। लामो समय गृह, स्थानीय र कानुन मन्त्रालयले यसलाई प्रारुप मिलाउने प्रक्रियामा अल्झाएका थिए। 

के छ  पारित विधेयकमा? 

Ncell 2
Ncell 2
nimb
nimb

संसदबाट पारित भएको विधेयकमा गाउँपालिका तथा नगरपालिकाले संविधानको अनुसूची ८ मा उल्लेख भए अनुसारका अधिकार उपयोग गर्न पाउने उल्लेख छ। गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी सञ्चालन, सहकारी संस्थासम्बन्धी नीति निर्माण तथा सञ्चालन, एक सय वाटसम्मको एफएम रेडियो सञ्चालनको अधिकार पाउनेछन्। छापा सञ्चार माध्यम सञ्चालनको अधिकार पनि स्थानीय तहलाई हुने पारित विधेयकमा उल्लेख छ।

यस्तै, स्थानीय कर सेवा शुल्क र दस्तुर निर्धारण गर्ने अधिकार पनि गाउँपालिका र नगरपालिकालाई हुने विधेयकमा उल्लेख छ। स्थानीय करअन्तर्गत स्थानीय तहले संघीय तथा प्रदेश कानुनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, सेवा शुल्क, पर्यटन कर, मनोरञ्जन कर लगायतका शुल्क तोक्न पाउने व्यवस्था विधेयकमा छ।

गाउँपालिका र नगरपालिकालाई स्थानीय तथ्यांक र अभिलेखको व्यवस्था, स्थानीय आयोजना सम्बन्धी मापदण्ड र कार्यक्रम तय गर्ने अधिकार पनि दिइएको छ। विकास आयोजना र अन्य परियोजना सम्बन्धी काम पनि स्थानीय तहले  गर्न पाउने विधेयकमा उल्लेख छ। 

स्थानीय तह स्वयंले अधारभूत माध्यमिक शिक्षा सञ्चालन गर्न पाउनेछ। यस्तै, बजार व्यवस्थापन, वातावरण संरक्षणका योजना तर्जुमाका अधिकार पनि स्थानीय तहलाई नै हुनेछ।  स्थानीय सडक, ग्रामीण सडक, कृषि तथा सिँचाइका नीति, कानुन र मापदण्ड बनाउने अधिकार पनि स्थानीय तहलाई दिइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेलमिलापदेखि लालपूर्जा वितरणसम्म

स्थानीय तहले संघीय कानुनको अधिनमा रही गाउँसभा र नगरसभामा मेलमिलाप केन्द्र स्थापनाको अधिकार पाउनेछन्। यस्तै मेलमिलाप सम्बन्धी आवश्यक नीति तथा कानुन तर्जुमाको अधिकार पनि रहनेछ।

ज ग्गा धनीपुर्जा वितरण अब गाउँपालिका स्तरबाटै हुनेगरी सरकारले कानुनी व्यवस्था प्रस्तावित गरेको छ। जग्गा दर्तासँगै जग्गाको नक्सा, कित्ताकाट, नामसारी, दाखिला लगायतका काम पनि स्थानीय तहबाटै हुने व्यवस्था विधेयकमा उल्लेख छ। खानेपानी, साना जलविद्युत् आयोजना तथा वैकल्पिक ऊर्जाका नीति निर्माण तथा कार्यान्वयनको अधिकार स्थानीय तहलाई हुनेछ। खानेपानी, विद्युत् महसुल निर्धारणको अधिकार पनि स्थानीय तहले पाउनेछ।  

विधेयक अनुसार विपद् व्यवस्थापन, भाषा, संस्कृति कलाको संरक्षण र विकास सम्बन्धी योजना निर्माण तथा कार्यान्वयनको अधिकार स्थानीय तहलाई हुनेछ। यस्तै, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा नीति निर्माण र कार्यान्वयनको अधिकार पनि स्थानीय तहलाई नै प्रत्यायोजन गरिएको छ।  स्थानीय निकायका रूपमा यसअघि पाएका जन्मदर्ता, बसाइँसराइ तथ्यांक संकलन लगायतका काम पनि स्थानीय तहले नै पाउनेछन्।

नीति निर्माणको अधिकारसँगै स्थानीय तहलाई नियमनको अधिकार पनि हुनेछ। परिचालन र समन्वय, कार्य विभाजन र कार्यसम्पादन तथा स्थानीय तहको अधिकार प्रत्यायोजनका सम्बन्धमा पनि विधेयकले व्यवस्था गरेको छ।
 

प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै शनिबार, कात्तिक २८, २०८३
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
कति छ तरकारी र फलफूलको मूल्य ? शनिबार, कात्तिक २८, २०८३
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
कारको ठक्करबाट पैदल यात्रीको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्