पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालको गृहजिल्लामा एमालेले कमजोर उपस्थिति देखाएको छ।
पछिल्लो मत परिणाम अनुसार जिल्लाका १८ वटा स्थानीय तहमध्ये एमालेले दुई वटा स्थानीय तहमा मात्रै अग्रता लिएको छ।
मेयरमा कुन स्थानीय तहमा कुन दलको अग्रता? हेर्नुहोस्, सूचीः
नेकपा एमाले अग्रता लिएका स्थानीय तहहरुः
गौर नगरपालिका
यमुनामाई गाउँपालिका
कांग्रेसले अग्रता लिएका स्थानीय तहहरुः
बृन्दावन नगरपालिकामा
गरुडा नगरपालिकामा
इसनाथ नगरपालिकामा
चन्द्रपुर नगरपालिका
गढीमाई नगरपालिका
परोहा नगरपालिका
राजदेवी नगरपालिका
नेकपा माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तहहरुः
दुर्गा भगवती गाउँपालिकामा
मौलापुर नगरपालिका
बौद्धीमाई नगरपालिका
फतुवा विजयपुर नगरपालिका
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तहहरुः
कटहरिया नगरपालिका
देवाही–गोनाही नगरपालिका
माधवनारायण नगरपालिका
राष्ट्रिय जनता पार्टीले अग्रता लिएका स्थानीय तहहरुः
गुजरा नगरपालिका
फोरम लोकतान्त्रिकले अग्रता लिएका स्थानीय तहहरुः
राजपुर नगरपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।