वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणाममा पनि राजपाको अग्रता कायमै छ । राजपाका मेयर प्रत्यासी राजेशमान सिंह १२७१ मतसहित पहिलो स्थानमा छन्।
उनलाई कांग्रेसका अजय द्विवेदीले १०६३ मतसहित पछ्याइरहेका छन् । वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ को मतगणनामा संघीय समाजवादी फोरमका विजय सरावगीले ५८२, एमालेका बसरुद्धिन अन्सारीले ४६५, माओवादीका रहबर अन्सारीले ४४५ र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ३२५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा राजपाले १२४३, कांग्रेसले ११३२, समाजवादी फोरमले ५६६, एमालेले ५३०, माओवादीले ३५४ र फोरम लोकतान्त्रिकले ३५५ मत प्राप्त गरेका छन् ।
वीरगञ्ज महानगर (मेयर/उपमेयर)
राजपा १२७१ / १२४३
कांग्रेस १०६३ / ११३४
फोरम ५८२ / ५६६
एमाले ४६५ / ५३०
माओवादी केन्द्र ४४५ / ३५४
फोरम लोकतान्त्रिक ३२५ / ३५५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।