• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बेपत्ता श्रीमान् भेटाइने आशासहित प्रदेश प्रमुखको जिम्मेवारीमा 

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २३, २०७६  ०९:२१
1140x725

बिहीबार सुदूरपश्चिम प्रदेश प्रमुखका रुपमा पदभार ग्रहणपछि कार्यालयमा शर्मिला पन्त (त्रिपाठी)। तस्बिर : सिद्धराज भट्ट/रासस


काठमाडौं- बिहानै शीतल निवासमा सपथ। प्रधानमन्त्रीसँग भेटघाट। पार्टीका शुभेच्छुकसँग खुसी साटासाट। सहिदगेट र पेरिसडाँडामा सहिदका सालिकमा माल्यार्पण। 

मंगलबार प्रदेश प्रमुखमा नियुक्तपछि शर्मिला पन्त (त्रिपाठी)को बुधबारको व्यस्तता हो यो। सामान्य लयमा चलेको उनको जिन्दगीमा प्रदेश प्रमुखको जिम्मेवारीपछि एकाएक व्यस्तता बढेको छ। 

व्यस्तता पनि यति कि बुधबार बिहानै नेपाललाइभकर्मीसँग भेट्न चाहेकी उनलाई साँझसम्म पनि समय दिन धौ-धौ भइरहेको थियो। 

दिएको बचन हार्न नसकी उनी साँझ साढे ६ बजे मात्रै हामीसँग भेट्न समर्थ भइन्। त्यो पनि पूर्वमाओवादी पार्टीको कार्यालय पेरिसडाँडामा सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दैगर्दा। 

पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट पार्टीको दोस्रो पार्टी कार्यालयमा सहिदका सालिकामा माल्यार्पन गर्दै पन्त। तस्बिर : निमेशजंग राई


भोलिपल्ट आफ्नो कार्यभार सम्हाल्न सुदूरपश्चिम जानुपर्ने तनावमा रहेकी उनले संक्षिप्त संवाद गरिन्। प्रदेश प्रमुखको जिम्मेवारी बोकेर सुदूरपश्चिमतिर पाइला टेक्न गइरहेकी उनका मथिंगलमा आइरहेका थिए- बेपत्ता श्रीमान्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश प्रमुखमा उनको चयन पछाडिका कारणमध्ये बेपत्ता परिवारको सदस्य हुनु र बेपत्ताहरूको पक्षमा लड्नु पनि थियो। माओवादीको सशस्त्र व्रिदोह उत्कर्षतिर पुग्दै थियो, श्रीमान् ज्ञानेन्द्र त्रिपाठी त्यही पार्टीको भातृ संगठन अखिल(क्रान्तिकारी)मा सक्रिय थिए। 

विद्रोही पार्टीको विद्यार्थी संगठनमा आस्था राखेकै कारण ज्ञानेन्दलाई २०६० असोज ९ गते कोटेश्वर तीनकुनेबाट राज्यपक्षले बेपत्ता पार्‍यो। 

१६ वर्षपछि न्याय
५० वर्षअघि चितवनको रत्न नगरमा जन्मिइन् उनी। सोही जिल्लाकै ज्ञानेन्द्रसँग बिहे गरिन्। बिहे पनि ज्ञानेन्द्रसँग अपर्झट भयो। ‘हाम्रो बिहे अलि फरक तरिकाले भयो,’ उनी सम्झिन्छिन्, ‘पहिले भेटघाट भएको पनि होइन। एक, दुई घण्टामै भयो।’

बेपत्ता पारिँदा श्रीमान् ३३ वर्षका मात्रै थिए। समय धेरै बिताउन पाएकै थिइनन् ज्ञानेन्द्रसँग। छोरी १४ महिनाकी मात्रै थिइन् बाबु बेपत्ता हुँदा। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

छोरी हुर्कँदै गर्दा श्रीमान् साथमा नभएपछि सबै जिम्मेवारी शर्मिलाले नै निभाउनुपर्‍यो। श्रीमान् बिनाको साह्रोगाह्रो पनि यो बीचमा धेरै भोगेकी छन्, शर्मिलाले। 

‘हाम्रो नेपाली समाजमा श्रीमान् नै  परिवारको प्रमुख मानिन्छ,’ श्रीमान्को साथ बिनाका कठिनाइ सम्झिँदै उनी भन्छिन्, ‘उहाँ नुहँदा त धेरै संघर्ष गर्नुपर्‍यो। छोरी हुर्काउनु पनि छ, बेपत्ता श्रीमान् खोज्ने अभियानमा हिँडनु पनि छ। सबै कुरा मिलाउँदा त कठिनाइ नै हुने रहेछ। अहिलेसम्म पनि मेरो जिविका कठिनाइका साथ गुज्रिरहेको छ।’

सानै हुँदा छोरी बुवाको तस्बिर हेरेर आमालाई सोध्ने गर्थिन्,‘खै हाम्रो बुवा? कहिले आउनुहुन्छ घर?’ 

तर, उनी अहिले बुझ्ने भएकी छन्। १७ वर्षकी भइसकेकाले बुवाको अवस्थाबारे उनले बुझेकी छन्। अहिले बुवाबारे आमालाई प्रश्न पनि तेर्साउँदिनन्। 

‘सानोमा त छोरीले तस्बिर हेर्ने, खोइ बुवा भन्ने गर्थिन्’, शर्मिला भन्छिन्, ‘अब त बुझ्ने भइसकिन्। सबै कुरा बुझिसकेकाले होला अहिले उनी मसँग बुवाबारे केही पनि सोध्ने गरेकी छैनन्।’

माओवादीप्रति सामान्य आस्था थियो। श्रीमान् बेपत्ता पारिएपछि भने शर्मिला राजनीतिमा सक्रिय भइन्। उनको राजनीति आफ्नो श्रीमान्‌ बेपत्ता पारिएकाहरूको न्यायका लागि केन्द्रित थियो। 

बेपत्ता श्रीमान्‌को खोजीका लागि मानवअधिकार आयोग, ओएसीएचआरदेखि सर्वोच्चसम्म पाइला टेकिन्। कसै गर्दा पनि श्रीमान्को पत्तो नलागेपछि बन्दी प्रत्यक्षीकरणको रिट लिएर उनी सर्वोच्चमा मुद्दा दायर गर्न पुगिन्। 

सर्वोच्चले सुरुमा कारण देखाऊ आदेश जारी गर्‍यो। तर, बन्दीको अवस्थाबारे केही जानकारी हुन नसकेपछि २०६० माघमा उनको रिट खारेज भयो। सर्वोच्चप्रति गरिएको आशा पनि सकिएपछि उनी राज्यबाट बेपत्ता पारिएका मानिसहरूका निम्ति संर्घषमा उत्रिइन्। २०६२ सालमा उनी उक्त समाजको अध्यक्ष भइन्।

संघर्ष जारी नै थियो। यहीबेला सरकारबाट प्रदेश प्रमुखको जिम्मेवारी आफूलाई सुम्पिएपछि उनले केही भए पनि १६ वर्षपछि न्यायको अनुभूति गरेकी छन्। 

‘मैले जुन त्याग गरेँ, मैले त त्यो बेलामा पनि कुनै जागिर त पाउन सक्थें,’ उनी भन्छिन्, ‘तर, मैले जागिर भन्दा पनि बेपत्ता खोजविनमै समय दिएँ। बरु अरुलाई जागिर खुवाएर पनि आफूले खाइनँ। त्यसको मूल्यांकन अहिले पार्टीले राम्रै गरेजस्तो लाग्छ। केही भए पनि न्याय पाएँ जस्तो लाग्छ।’

प्रदेश प्रमुखमा उनको नियुक्तिपछि द्वन्द्वपीडित पनि केही हदसम्म खुसी भएका छन्। ‘उहाँहरूले मनै गाँठो पारेर बोल्नु भयो,’ शर्मिला सुनाउँछिन्, ‘तिमीलाई लागेकोमा हामी खुसी भइम्, पहिले नै कुनै जिम्मेवारीमा लग्नुपर्थ्यो यो समयमा आएर पनि राम्रो भयो भनेर उहाँहरू सबैले भन्नु भएको छ।’

उनको प्रदेश प्रमुखमा नियुक्तिपछि द्वन्द्वपीडितहरूको संस्था द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीको ‘स्ट्यास्टस’ले पनि त्यो संकेत गर्छ। 

‘बेपत्ता परिवारका एक सदस्य, जसका श्रीमान् राजनीतिक परिवर्तनका लागि योगदान गरे आज उनको सम्मान भएको छ,’ शर्मिलालाई बधाई दिँदै चौधरीले लेखेका छन्, ‘उनी र उनको श्रीमान्‌को योगदानको कदर राज्यले गरेको छ।’

आफैंलाई न्याय दिलाउने दायित्व
माओवादी सशस्त्र युद्धलाई बैठान गर्न भएको विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्रै बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरिने उल्लेख छ। 

तर, भएको दशक नाघिसक्दा पनि बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक हुन सकेको छैन।  संक्रमणकालीन न्यायका विषय टुंग्याउन सरकाले दुई वर्षको समय दिएर गठन गरेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ४ वर्षमा पनि काम गर्न नसकेपछि ७ महिनादेखि दुई आयोग पदाधिकारीबिहीन छन्।

आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले ७ महिना बनिसक्दा पनि नाम सिफारिस गर्न सकेको छैन। आफ्ना बेपत्ता आफन्तहरू सार्वजनिक हुने र पीडितले न्याय पाउने खासै आशामा छैनन् द्वन्द्वपीडितहरू। 

शर्मिला पनि अरुजस्तै मनस्थितिमा छिन्। आफ्नो बेपत्ता पारिएका श्रीमान् खोजेर राज्यले न्याय दिलाउला भन्ने खासै आशा उनलाई छैन। ‘मलाई त्यो चाहिँ आशा छैन्,’ राज्यप्रति उनी शंका जताउँछिन्, ‘आशा झिनो छ । तर हामीले पहल गरिरहनुपर्छ, छाड्न हुँदैन। हामी पछिको पुस्ताले पनि त्यसलाई छाड्नु हुँदैन।’

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरू (बायाँबाट पहिलो)सँगै पद तथा गोपनियताको शपथग्रहण गर्दै। तस्बिर : राष्ट्रपति कार्यालय


हुन त प्रदेश प्रमुख एउटा संवैधानिक र ‘सेरेमोनियल’ जिम्मेवारी हो। यसका आफ्नै सीमा पनि छन्। तर, पनि आफ्नो पदीय सीमाभित्र रहेर पीडितहरूको न्यायका लागि पहल गरिरहने बताउँछिन् उनी। 

‘सहिदको पाटो एक किसिमको छ, उहाँहरू सहिद हुनुभयो भन्ने छ,’ उनको भनाइ छ, ‘तर, हाम्रो चाहिँ के हो, के हो भन्ने अन्यौल छ।  उहाँहरू कस्तो स्थितिमा हो, त्यसको जानकारी  हुनुपर्‍यो। त्यसका लागि म पहल पनि गर्छु।’

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  ०९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्