• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'वृन्दावनमें आइग लागल कोई न मुझाव रे, हमर साम्ब भैया वृन्दावनके आइग मुझाव रे!'

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १५, २०७६  १०:४९
1140x725

महोत्तरी- मिथिला क्षेत्रमा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा-चकेवा पर्व आजबाट सुरु भएको छ।

कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा-चकेवा पर्व सुरु गर्ने मैथिली परम्परा छ। यसै परम्पराअनुसार मिथिलाका ललना (छोरीचेली, दिदीबहिनी)ले आजदेखि सामा खेल खेल्न सुरु गर्दछन्। कात्तिक शुक्ल पञ्चमीका दिन सुरु गरिने यो पर्व १० दिनपछि अर्थात कात्तिक शुक्ल पूर्णिमाका सामा-चकेवाको विसर्जन गरी समापन गरिन्छ।

आजदेखि १० दिनसम्म मिथिला क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै दीर्घायुको कामनाका साथ सामा-चकेवा खेल्नेछन्। कात्तिक शुक्ल पञ्चमीका दिन (आज) मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँ/नगर तथा बस्ती छेउका खेत तथा पाखामा गएर सामा-चकेवा बनाउन दाजुभाइको हातबाट माटो खनेर ल्याई सो माटो मुछेर विभिन्न प्रकारका कलात्मक सामा-चकेवा (माटाका मूर्ति, आकृति) बनाउने गर्छन्।

सामा-चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर रङ्गीचङ्गी बनाइन्छ। रङ्गिसकेको सामा-चकेवा रातको बेला रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँ/नगर तथा बस्तीका चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर दश दिनसम्म गीत गाउँदै, नाच्दै चेलीबेटीले सामा-चकेवा खेल्ने चलन छ।

मिथिलानी (मिथिलाका नारी)ले सामा खेल्न बनाएका सामग्रीमा सामा, चकेवा, सप्तर्षि, वृन्दावन, चुगला (कुरौटे) र सतभैया नाम दिइएका पात्र हुने गर्छन्। सामा खेल्नेबेला दाजुभाइको सौर्य बखान गरिएको सुरिलो भाकाका गीतसँगै चुगलालाई गालीफजिती पनि गर्ने गरिएको छ। यसरी ‘चुगला’लाई गरिने गालीमा 'कुरा लगाएर मायाप्रेम टुटाउन खोज्ने कुरौटेको कहिल्यै भलो नहोस्' भन्ने भाव समेटिएको हुन्छ।

दाजुभाइ-दिदीबहिनीबीच प्रेम दर्शाउने यो पर्व करिब साढे ५ हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन्। द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई खबर गर्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा)लाई चरा हुने श्राप दिएको पौराणिक कथा यस पर्वसँग जोडिएको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा ‘मुक्ति’ बताउँछन्।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ। दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामा-चकेवा पर्वको परम्परा बसेको झाको भनाइ छ।

सामा-चकेवा पर्वमा प्रयोग भएका आकृतिले पनि यो पर्व द्वापर युगमै सुरु भएको छनक दिन्छ। श्रापमा परेकी बहिनी सामा र उनका प्रेमी चक्रधर (चकेवा)लाई श्रापमुक्त गराउने उपायबारे साम्बले सप्तर्षिबाट अर्ती पाएपछि शिवको तपस्या गरेका बताइन्छ। त्यसैगरी, श्रीकृष्णको अतिप्रिय नन्दन वन रहेको वृन्दावनमा आगो लागेको कथा यससँग सम्बन्धित सामा खेलसँग जोडिएको बताइन्छ। यद्यपि यो आगो लाग्यो भन्ने कुरा चाहिँ सामा र चकेवाको प्रेमसम्बन्धबारे चलेको चर्चाको प्रचारतर्फ सङ्केत रहेको विद्वानहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

सामा खेल्दा मिथिलानीले 'वृन्दावनमें आइग लागल कोई न मुझाव रे.., हमर साम्ब भैया वृन्दावनके आइग मुझाव रे...!' (वृन्दावनमा आगो लाग्दा कसैले निभाएनन्, हाम्रै दाइ साम्बले त्यो निभाए) भन्ने भावको गीत गाएबाट पनि यो कुरा देखिने विद्वानहरुको मत छ।

सामा खेलमा समूहगतरूपमा चेलीबेटी तथा छोरीबुहारी 'गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइदिय' (गाउँका ठूला भनेकै मेरा ठूला दाजु हुन्, उनले पोखरी खनेर सुगन्धित चम्पा फूल लगाइदिनेछन्) भन्ने भावका गीत गाउने गर्छन्।

दाजुभाइको बहादुरी र सौर्यको बखान गर्दै संसारमा असम्भव मानिएका परोपकारी काम आफ्ना दाजुभाइले भने सहजै गर्ने दिदीबहिनीको गीतको भाव हुने गरेको छ। दिदीबहिनीले समूहमा गीत गाएर सामा-चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन्।

दश दिनसम्म सामा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामा-चकेवालाई पुनः रङ्गरोगन गर्ने गर्छन्। दिनभर ती आकृति सुकाएर बेलुका सामा-चकेवालाई दहीचिउरा खुवाउने र दाजुभाइको फार (पोल्टा) भराउने चलन छ। यसलगत्तै दाजुभाइबाट सामा-चकेवा फुटाउन लगाएर ती टुक्रा बाजागाजा, गीत र नृत्य साथ दिदीबहिनीले बस्ती नजिकको निर्जन जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन्।

Xtrem

Xtrem

मिथिलाका चेलीबेटीबीच यो खेल अत्यन्त प्रिय छ। सामान्यतया सामा माइतमै खेलिने भए पनि माइत पुग्ने अनुकूलता नभएका दिदीबहिनीले घरमै यो पर्व मनाएर समापनमा दाजुभाइलाई आफ्नो घर बोलाउने गर्छन्। मिथिला संस्कृतिमा सामा-चकेवा पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेमको प्रतीक मानिएको छ।

यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोलछिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यो पर्व मनाउँछन्। सामा-चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप मिथिला क्षेत्रमा यो पर्व लोकप्रिय बनेको छ।

छठ पर्वको खरना विधि गरिँदै
आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ। जीवनपद्धतिलाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ।

खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन्। बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ। गम्हरी चामलको अभाव भएमा धानको चामलको प्रयोग गरिन्छ। कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ।

खरनामा नैवेद्य चढाउने बेलामा जति वटा अर्घ्य दान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ। यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन्।

नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ। नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन छ। (गोपालप्रसाद बराल/रासस)

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्