• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

घरजग्गाको प्रलोभन देखाएर धुरजन्ना पुर्‍याइएका सुकुम्बासीको न घर बन्यो, न पाए जग्गा

भन्छन्- हाम्रा नाममा राजनीति मात्रै भयो
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १५, २०७६  १८:५३
1140x725

धनगढी- बाँसको भाटामा पाल टाँगिएको छ। त्यही पालको सहारामा डेढ वर्षदेखि जीवन व्यतित गरिरहेका छन् धनगढी उपमहानगरपालिका-१७, धुरजन्ना नयाँ बस्ती शिविरका सुकुम्बासी परिवारजनहरु।

२०७५ असार १६ अगाडि उनीहरु गोदावरी नगरपालिकास्थित हरैया शिविरमा बस्दै आएका थिए। दाङका उद्योगी रणबहादुर शाहको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालि, पोखराले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमीन किन्यो। जमीन किनबेचपछि वस्तीलाई कहाँ व्यवस्थापन गर्ने भनेर चुनौती थपियो।

जसको फलस्वरुप सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले ‘एक कठ्ठा जग्गा, दुई कोठे पक्की घरका साथै खानेपानी, शौचालय, विद्युतको व्यवस्था गर्ने’ भनेपछि आधा बस्ती हरैयाबाट धुरजन्ना सरेका थिए।

सुकुम्बासी मीन गुरुङले भने, ‘डेढ वर्ष भयो न जग्गा नाममा छ न त घरनै बनेको छ।’ गुरुङ २०६३ सालतिर हरैया शिविरमा आएर बसेका थिए। उनले थपे, ‘पोखराका शंकर कार्कीले हामीलाई जग्गा, घर र अन्य आधारभुत व्यवस्था गर्छु भनेर यहाँ ल्याएका थिए, तर अहिलेसम्म कुनै व्यवस्था गरिएको छैन।’

गुरुङसहित हरैया शिविरबाट ६२ घरपरिवार धुरजन्नामा बसाइ सरेका थिए। नयाँ बस्ती शिविरमा बसेका ६२ घरपरिवारलाई अहिले आधारभूत आवश्यकता पनि पुर्‍याउन मुस्किल छ। ६२ परिवारका लागि खानेपानीको सुविधा दुई वटा हाते पम्प (नल्का)ले धानेको छ। दिसापिसावका लागि ३ वटा शौचालय बनाइएको छ।

प्यानसहितको शौचालयलाई पनि पाल र बाँसकै आडमा ठड्याइएको छ। ‘तीन वटा शौचालय थियो त्यो पनि भरिएपछि दिउँसो खोलामा र राति यही खुल्ला चौरमा दिसापिसाब गर्छौं,’ स्थानीय हरिना बोहराले भनिन्।

मुख्य चाडपर्वका समयमा देश उमंगमा रंगिएका बेला यस बस्तीका सुकुम्बासी परिवारमा कुनै हर्ष छाएन। जसोतसो दसैं र तिहार मनाएको स्मरण गर्दै हरिनाले भनिन्, ‘अहिले त चाडपर्व पनि साउनको अँधेरी रातझैं लाग्ने गरेको छ।’ उनले हरैयामा हुँदा नदीमा गिट्टी कुटेर पनि जिविकोपार्जन गर्ने गरेको स्मरण गरिन्। ‘यहाँ त ज्याला-मजदूरी गरुम् भने पनि दुर्गम भएकाले पाइँदैन,’ उनले बह पोखिन्।

Ncell 2
Ncell 2
nimb
nimb

हरिनासहित शिविरमा रहेका स्थानीयले गत वर्ष शिवगंगा नदीमा तटबन्ध गर्नका लागि मजदूरी गरेका थिए। उनले आडैमा बगिरहेको नदीतर्फ देखाउँदै भनिन्, ‘कैही पैसा आउँछकी भनेर यो नदीमा तटबन्धनका लागि मजदूरी गर्‍यौं। तर, ठेकेदारले त्यसको पनि ज्याला दिएन।’ उनका अनुसार पुरुषलाई दैनिक ८ सय र महिलालाई ४ सय रुपैयाँ ज्याला दिने भनेर काममा लगाइएको थियो।

यस वस्तीका कतिपय भने परिवारको दैनिकी चलाउनकै लागि केही महिना भारतमा श्रम गर्न पुग्ने गरेका छन्। स्थानीय मीन भन्छन्, ‘जिविकोपार्जन गर्न दुई महिना भारतमा काम गरेर फर्कन्छु। यति नगरी दैनिक छाक टार्नै मुश्किल छ।’

'स्थानीय सरकारले केही गरेन'
धनगढी उपमहानगरपालिका-१७, धुरजन्नामा वस्ती बसेको डेढ वर्षभन्दा बढी भइसकेको छ। तर, स्थानीय सरकारले पनि उनीहरुका लागि केही नगरेको स्थानीयहरुको गुनासो छ।

‘हामीलाई उपमहानगरपालिकाबाट गत वर्ष प्रत्येक घरका लागि एक कम्मल र गुन्द्री दिइएको थियो,’ स्थानीय युवा मुकेश बोहराले भने, ‘त्योभन्दा अन्य कुनै व्यवस्था स्थानीय सरकारबाट भएको छैन।’

Xtrem

Xtrem

उनले वस्तीमा भएकाहरुको बसाइसराइ र जग्गा आफ्नो नाममा नभएकाले स्थानीय सरकारबाट पाउनुपर्ने सेवासुविधा पनि नपाएको गुनासो गरे। ‘५९ कठ्ठा जग्गामा हामीलाई यहाँ व्यवस्थापन त गरियो। तर, जग्गा हाम्रो नाममा छैन। जग्गालाई ८ वटा समूह बनाएर वितरण गरिएको छ,’ उनले थपे, ‘हामीलाई यहाँ व्यवस्थापन गर्नुअघि प्रतिव्यक्ति एक कठ्ठा जग्गा दिने भनिएको थियो। तर अहिलेसम्म दिइएको छैन।’

उनले अब कम्पनीका सम्बन्धित व्यक्तिसँग आफूहरुको उचित व्यवस्थापन गर्न भनेर माग राख्ने बताए।

'हरैयामा जहिल्यै राजनीति'
मुलुकमा द्वन्द्व उत्सर्गमा पुगेको समय २०६१ सालमा तत्कालीन विद्रोही शक्ति नेकपा (माओवादी)ले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो। उनीहरु कैलालीसहित विभिन्न पहाडी जिल्लाबाट यहाँ आएर बसेका हुन्।

तत्कालीन माओवादी नेता गौरी जोशीले आफूहरुलाई घर बनाइदिने आश्वासन दिएको सुकुम्बासीहरु बताउँछन्। ‘बस्ती पनि माओवादी नेताहरुले नै बसाए। उठीबास पनि उनीहरुलेनै लगाए,’ सुकुम्बासीहरु भन्छन्, ‘हामीमाथि जहिल्यै राजनीति मात्र गरियो।’

‘सुरुमा हामीलाई डुँडेझारीमा जग्गा दिन्छौं भनेर राखिएको थियो,’ सुकुम्बासी शिविरका डबल ताम्राकारले भने, ‘त्यहाँ प्रतिकार गर्न भनियो, हाम्रा छोराछोरी मरे, त्यहीँ खाल्डोमा गाडियो। जग्गा दिन्छौं भनेर त्यसपछि हरैया पुर्‍याए। अहिले त्यहाँबाट पनि उठाएर धुरजन्ना ल्याइपुर्‍याएका छन्।’

उनले आफूहरुको नाममा जग्गा नआएसम्म नेताको कुरामा विश्वस्त हुन नसक्ने जिकिर गरे।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्