• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कास्की-२ का जनताले यसपटक आत्मघाती मत दिनेछैनन् : रजनी केसी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १५, २०७६  ०९:०९
1140x725

लक्ष्मीपूजाको दिन बिहानै रजनी केसीको निवास सिद्धार्थ चोक, पोखरा पुग्दा उनी चुनाव केन्द्रित फोन-संवादमा व्यस्त थिइन्। साझा विवेकशील पार्टीमा आस्था राख्नेहरु पार्टीबाट खेलिने देउसी-भैलोको तयारीमा थिए। केसी निवासमा शुभेच्छुकहरुले उनको चुनावी प्रचारका लागि स्वेच्छिक रुपमा सहयोग स्वरुप दिने राशी सहयोग पुस्तिकामा लेखिरहेका थिए।

प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ। पोखरामै केन्द्रीय समितिको बैठक गरेर केसीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको थियो। अन्य दलको तुलनामा उम्मेदवार चयन गर्ने कार्यमा साझा पहिलो पार्टीसमेत बनेको छ।

करिब १५ मिनेट चलेको फोन-संवादपछि उनी नेपाल लाइभसँग वार्ता गर्न तयार भइन्। सो क्रममा लिलु डुम्रेले पहिलो प्रश्न उनको राजनीतिक पृष्ठभूमिसँग जोडिएर गरे।

कास्की-२ को उपनिर्वाचनमा साझा पार्टीले उम्मेदवार बनाएसँगै तपाईंको पृष्ठभूमिको सोधखोज सुरु भएको छ। तपाईंको राजनीतिक पृष्ठभूमिबाटै अन्तवार्ता सुरु गरौं न।
मेरो विगतको पृष्ठभूमि सामाजिक अभियन्ता हुँ। परोपकारी संघसंस्थामा नेतृत्वदायी भूमिकामा थिएँ। अहिले पनि परोपकारी कार्यमा संलग्न छु।

राजनीतिक चेतना भने ममा बाल्यकालदेखि थियो। झुकाव ‘डेमोक्रेटिक’ धारमा रहेको थियो/छ। लामो समय विद्यार्थी राजनीतिमा संलग्न थिएँ। स्ववियू निर्वाचनमा लड्दै गर्दा मेरो मत असाध्यै राम्रो आएको थियो।लोकतान्त्रिक पार्टी (कांग्रेस)को विभिन्न भ्रातृ संस्थामा रहेर पनि कार्य गरें।

लोकतान्त्रिक धारमा रहेको कांग्रेसका विभिन्न संगठनमा रहेर कार्य गर्नुभएको रहेछ। कांग्रेस छोड्नुपर्ने कारण चाहिँ किन आइपर्‍यो?
मेरो आस्था, इमानदारिता, निष्ठा र सिद्धान्तलाई त्याग्न सक्दिनँ। त्यागेको पनि होइन, छोडेको पनि होइन। आस्थामा मेरो निरन्तरता छ। लोकतन्त्र मेरो आदर्श हो।

आधुनिक विश्वका लागि मैले लिएको पार्टीको विचारमा शंका लाग्यो। मुलुकमा बहुदलीय व्यवस्था र प्रजातन्त्रका ३० वर्ष कट्दा पनि समृद्धि आउन सकेन। अब पनि कति समय धैर्यतामा बस्नु? अब पनि पाइला चालिएन भने देश परिवर्तन हुँदैन भन्ने लाग्यो। मन परिवर्तन गरी साझा पार्टीमा आवद्ध भएकी हुँ। लोककल्याणकारी राज्यको परिकल्पना गरेको साझाको नीति मन परेकाले नै यस पार्टीमा आवद्ध भएकी हुँ। पार्टीको आदर्शबाट प्रभावित भएकी हुँ।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी कुनै पनि ‘इजम’ (वाद)मार्फत परिचालन भएको हुन्छ। तपाईंको पार्टीलाई आरोप छ कि तपाईंहरुमा कुनै ‘इजम’ नै छैन। यो आरोपलाई कसरी प्रतिवाद गर्नुहुन्छ?
‘वेलफेयर डेमोक्रेसी’ नै साझाको सिद्धान्त हो। वादका बारेमा मात्रै बहस गर्न थाल्यौं भने विकास र समृद्धि आउनै सक्दैन। मुलुकमा विकास चाहिएको छ। वाद, सिद्धान्तका बारेमा त धेरै छलफल गर्‍यौं। अब लोककल्याणकारी राज्य नै हाम्रो सिद्धान्त हो।

जनमानसमा परिचित हुन लामो समय खारिएको अनुभव हुनुपर्छ भन्ने मान्यता पनि छ। तपाईंहरु भर्खर संगठन निर्माणकै क्रममा हुनुहुन्छ। तपाईंहरुलाई अहिले नै विश्वास गरिहाल्न हुने बेला भइसकेको छैन पनि भनिन्छ नि?
हाम्रो पार्टी सञ्चालनको मुल नेतृत्वमा रहेका व्यक्तिहरु खारिएकै हुनुहुन्छ। आफ्नो-आफ्नो क्षेत्रमा स्थापित भइसकेका व्यक्तिहरु हुनुहुन्छ। लामो अनुभव बोकेर आउनुभएका उहाँहरुले देश विकासमा कहाँ-कहाँ कमजोरी रह्यो? किन कमजोर भयौं? विकासका एजेण्डा कार्यान्वयन गर्न कहाँ-कहाँ चुक्यौं? यी सबै कुराहरुको अनुभव भएका व्यक्ति नै नेतृत्वमा हुनुहुन्छ।

अरुले गरिदेला भनेर कुर्ने समय अब छैन। हालसम्म कुरिएकै हो त! अब पनि चुप लागेर बस्नु त काल कुरेर बस्नु जस्तै हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सबै दललाई उछिनेर साझाले सबैभन्दा पहिले उम्मेदवारी छनोट गरेको छ। तपाईंलाई नै उम्मेदवार छनोट गर्नुको आधार के?
मलाई छनोट गर्नुको पहिलो कारण यो समाजमा अभियन्ताका रुपमा मेरो पहिचान नै हो। दोश्रो हो, मेरो अनुभव। म प्रशासनिक अनुभव बोकेको व्यक्ति पनि हुँ। पोखरा विश्वविद्यालयमा उप-प्रशासकको भूमिकामा थिएँ। मेरा लागि प्रशासन संयन्त्र नयाँ र नौलो छैन। भोलि म निर्णय गर्ने निकायमा पुगें भने अनुभवको कमी ममा रहन्न। अनुभव मेरो लागि पुँजी पनि हो।

बाल्यकालदेखि राजनीतिका विभिन्न तह र तप्कामा बसेर उल्लेखनीय भूमिका निर्वाह गरेकी थिएँ। मेरो व्यक्तिगत निष्ठा र छविले पनि टिकट प्राप्त गर्न सहयोग पुर्‍यायो।

तपाईंहरु संगठन निर्माणका क्रममै हुनुहुन्छ। जिल्ला कार्यसमितिले पनि पूर्णता प्राप्त गर्न सकेको छैन। आफ्नै संगठनलाई पूर्णता दिन नसकेको साझा पार्टी विजयी कसरी होला?
पार्टी 'ग्रासरुट'सम्म पुग्न सकेको छैन भन्न खोज्नुभएको होला। सांगठनिक सञ्जाल भएका पार्टीहरुको अवस्था पनि देखिएकै छ। संगठनले मात्रै पनि जनताले विश्वास गर्ने होइन रहेछ। त्यो हाम्रा संयोजक (रवीन्द्र मिश्र) चुनाव लडेको क्षेत्रमा पनि देखियो। पार्टी दर्ता गरेको तीन महिना पनि नपुग्दैको निर्वाचन थियो त्यो। पार्टी दर्ताको सुरुवातमै ‘नेक टु नेक’ प्रतिस्पर्धा भएको थियो। त्यसलाई पार्टी संयोजकको हार भन्न मिल्दैन। झण्डै-झण्डै जित्नु नै भएको हो।

त्यो बेला र अहिले त धेरै भिन्नता छ। हामीले धेरै नै गरिसक्यौं। भ्रष्टाचार विरोधी अभियानहरु हामीले जनतामा लगेका छौं। साझा सबैको घरमा र मन/मतिष्कमा बसिसकेको छ। संगठन आफैंमा सबै थोक हुँदै होइन। सही एजेण्डा भएन भने सही आवाज दिन सकिन्न। सही आवाज दिन नसक्ने भएपछि संगठनले के गर्छ? यद्यपि पार्टी संयन्त्र बनाउने क्रममै छौं। अहिले हामी बीचमा जति साथीहरुको टिम बनेको छ, त्यो शक्तिशाली र उर्जावान छ। केही गर्नैपर्छ भन्ने अठोट बोकेका व्यक्तिहरुको टिम छ।

विगतको संसदीय निर्वाचनमा कास्कीको सन्दर्भ हेर्दा कम्युनिस्ट र कांग्रेस नै प्रमुख शक्ति र प्रतिस्पर्धी हुन्। तपाईंको आंकलन त्रिपक्षीय प्रतिस्पर्धा हो वा जित्छु नै हो?
जित्ने कुरामा त मलाई कुनै सन्देह नै छैन। आमजनताको प्रताडित अवस्था बुझेकी छु, देखिकी छु, सुनेकी छु। यो अवस्था देख्दा मलाई अति चिन्ता लागेर आउँछ। बाटोको दुरावस्था छ।

पोखरा सहर विश्वमा चिनिएको सहर हो नि। तर यहाँ सडकको कुरुपता देख्नुभयो? ढलको व्यवस्थापन हुनसकेको छैन। सहरलाई दुर्दशायुक्त राख्ने छुट कसले दियो? जनप्रतिनिधि भएर जाने तर काम गर्न नपर्ने? धारामा पानी होइन, लेदो आउँछ। शुद्ध पानी पिउन पाउने त जनताको अधिकार हो नि। शुद्ध अक्सिजन प्राप्त गर्नबाट नागरिकलाई वन्चित गरिएको छ। वातावरणीय दृष्टिले सहर उकुसमुकुस छ। मोटरसाइकल लिएर आउनेले तिन चक्कर लगाउँदा पनि पाकिंङ गर्न पाउँदैनन्। इच्छाशक्ति हुने हो भने व्यवस्थापन गर्न सकिन्छ।

संघीय सांसदले नीतिनिर्माण गर्ने हो। नीतिनिर्माण नागरिकको पक्षमा बनाउनुपर्ने हो। सहर, मुलुकलाई यस्तो दुर्दशामा राख्नका लागि निर्वाचित गरेको त होइन होला। ३०औं वर्षसम्म कास्कीका जनताले दिएको मतको मूल्यांकन जनताहरुले बुझ्नुभएको छ।

म जहाँ पुगेकी छु। त्यहाँका जनताले भन्नुभएको छ- 'हामी पटक-पटक झुक्कियौं। यसपटक हामी झुक्किन्नौं। यसपटकको ‘भोट त तराजुमै हो’ नानी।'

गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ को चुनावी प्रचारप्रसारको क्रममा पनि तत्कालीन विवेकशील साझालाई आश्वासन बढि नै दिइएको थियो। तर, पार्टी संयोजक रवीन्द्र मिश्र विजयी हुनुभएन। त्यही परिस्थिति यहाँ नदोहोरिएला भन्ने आधार के?
त्यतिबेला हाम्रो पार्टीको चुनाव चिन्ह 'तराजु' हो भनेर सुसुचित हुने समय पर्याप्त थिएन। जति समय पार्टी परिचालित हुन सक्यो, त्यो अवधिमा पार्टी सशक्त रुपमा परिचालित भएको थियो। विरासत बोकेको परिवारसँग प्रतिस्पर्धा भएको थियो। पार्टी संयोजक खरो उत्रनुभएकै हो। त्यो परिणामलाई कमजोर ठान्नै सकिन्न।

यस बीचमा पार्टीको विषयमा धेरै कुरामा सुसुचित गरिएको छ। हरेक राष्ट्रिय एजेण्डामा बहस तथा छलफल पार्टीले चलाएको छ। साझा पार्टीको उपस्थिति सशक्त छ। राष्ट्रिय एजेण्डामा साझा पार्टीको उपस्थिति नहुने हो भने जनताले अपूर्ण मान्न थालेका छन्।

सबै पार्टीका चुनाव केन्द्रित एजेण्डाहरु हुने गर्छन्। तपाईंले उठाएका एजेण्डाहरु के-के हुन्?
मेरो मुल एजेण्डा त भ्रष्टाचार निवारण नै हो। साझा पार्टी वा कास्की-२ की उम्मेदवार म रजनी केसीको शत्रु भ्रष्टाचार हो। भ्रष्टाचारको विरुद्धमा नै मेरो उम्मेदवारी हो। सांसदलाई रकम बाँडेर नीतिगत भ्रष्टाचार गरिएको छ। त्यसको विरुद्धमा म उत्रन्छु। आवाजविहीनहरुको आवाज बन्ने मेरो एजेण्डा हो।

सांसदले ६ करोड रुपैयाँ बाँड्ने कार्य गरिएको छ। के सांसद ठेकेदार हो? यसमा मेरो गम्भीर विमति छ। सांसदले रकम बाँड्ने प्रचलनको घोर विरोध गर्दछु। सांसदले निति निर्माण गर्ने हो। जनताको अवस्था अझ खस्कँदो छ।

पोखराको विकासका लागि आवाज उठाउँछु। पर्यटन क्षेत्रको विकास मेरो अर्को एजेण्डा हो। पूर्वाधार विकास मेरो प्रतिवद्धता हो। रोजगारी सिर्जना, कुशासनको विरोध मेरो आवाज हुनेछ।

तपाईं आवद्ध पार्टीलाई गठनसँगै एक आरोप लाग्दै आएको छ। तपाईंलाई पनि उक्त आरोपबारे सोधिहालौं। साझा पार्टीलाई ‘फेसबुके पार्टी’ पनि भन्छन् नि?
फेसबुके पार्टी वा सामाजिक सञ्जालको पार्टी भन्दा म त खुसी हुन्छु। मोबाइल नपुगेको कुनै गाउँ नै छैन। जेष्ठ नागरिकहरुको हातमा समेत अहिले मोबाइल छ। सबैको हात-हातमा हामी पुगेपछि साझा पार्टी नपुगेको कुनै ठाउँ नै छैन। फेसबुक नखोल्ने र नहर्ने मान्छे नै छैन अहिले।

पुराना पार्टी र हाम्रो पार्टीको विचार र पृष्ठभूमि बुझ्न सामाजिक सञ्जाल नै बलियो माध्यम बनेको छ। यो त हाम्रा लागि ठूलो ‘स्ट्रेन्थ’ हो। सामाजिक सञ्जालमार्फत् हामी अघि छौं भन्ने प्रमाण पनि हो यो।

हाम्रो लामो इतिहास बनेको छैन। पार्टी निर्माणको छोटो समय भए पनि सम्भव भएसम्म भौतिक रुपमा पुगेका छौं। भौतिक अवस्थामा पुग्न नसके सामाजिक सञ्जालको सदुपयोग गरी हात-हातमा पुगेका छौं। 
हाम्रो केन्द्रीय नीति अब छिट्टै पूर्व-पश्चिम ‘भू-यात्रा’मा निस्कने छ। त्यो कार्य संगठन निर्माणका लागि हुनेछ।

विगतदेखिका निर्वाचनहरु हेर्दा बेथिति र विसंगति व्याप्त देखिन्छ। पार्टी एजेण्डाभन्दा बढि आर्थिक परिचालन हुने गरेको आरोप लाग्दै आएको छ। तपाईंको चुनावी प्रचार कसरी हुँदैछ?
हामीले भटमास चिउराको भरमा चुनावी प्रचार गर्दैछौं। प्रचारमा खटिएका साथीहरुलाई घरबाट नै नास्ता लिएर आउन आह्वान गरेका छौं। शुभेच्छुकहरुले ५/१०/२० हजार रुपैयाँ स्वेच्छिक सहयोग गर्नुभएको छ।

सत्ता र शक्तिको दुरुपयोग गरी पटक-पटक निर्वाचित हुने परिपाटी छ। पटक-पटक जनताको आवाज कुल्चिइएको छ। अब जनताहरु मन र मष्तिस्क बदल्नै पर्छ भन्ने अठोटमा हुनुहुन्छ। हिजोसम्म विकल्प थिएन।

आफ्नो पार्टीले भविष्यमा यो/यो गर्छु भन्ने भन्दा बढि समय फरक पार्टीलाई आरोप लगाउँदै प्रचारप्रसारमा दलहरु केन्द्रित हुन्छन्। तपाईंको कुरा सुन्दा पनि यस्तै संकेत मिल्यो नि?
आरोप-प्रत्यारोप होइन। हामी के गर्छौं भन्ने बारेमा नै हामी चुनावी अभियानमा व्यापक प्रचार गर्छौं। हामी जे बोल्छौं, त्यही गर्छौं। आँखाले छर्लङ्ग देखिएको छ भने ती दलहरुलाई गालिगलौज गर्नुपर्ने अवस्थानै छैन। पीडा बोध गरेर बस्न जनता बाध्य छन्। स्व-बोध जनतालाई छ। ३ सय ६५ दिन नै गाली गरेर बस्ने अनि मत व्यक्त गर्ने बेला विरासत र मेरो बाउको पार्टी भनेर नै मत दिए त आत्मघाती हुनेछ। फेरि पनि त्यही अवस्था भयो भने छोरा त पलायन भयो-भयो, नातिलाई पनि विदेशिन बाध्य पार्ने हो?

तपाईंले कास्की-२ मा निर्वाचन जित्नुभयो भने यहाँका जनताले के पाउँछन्। तपाईंको स्थानमा अर्को व्यक्तिले जिते यहाँका नागरिकले के गुमाउँनेछन्?
अरुले जित्नु भनेको प्राविधिक रुपमा एक अंक थपिने मात्रै हुन्छ। त्यतिबेला ५० थियो भने एक थपिएर ५१ हुन्छ, तात्विक भिन्नता केही हुँदैन। यथास्थितिवादिता कायम रहन्छ।

तर, आमुल परिवर्तनका लागि मेरो भूमिका सशक्त हुनेछ। ‘म्याजिक’ परिवर्तन हुन्छ भनि आश्वासन अहिले बाँड्न चाहन्नँ। भ्रमको खेती गर्न पनि चाहन्नँ। बेथिति, कुसंस्कार, भ्रष्टाचार ठाउँमा पुगेर उठाउँछु। मैले उठाउने आवाज त्यो बेला एउटा व्यक्तिको हुने छैन, आवाजविहीनहरुको हुनेछ। व्यक्ति रजनी केसीको आवाज हुनेछैन, संस्थागत आवाज हुनेछ।

(तस्बिर- फडिन्द्र भण्डारी)

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्