काठमाडौं– सिरहाको नरहा गाउँपालिका–३ बाट अवैध लागु औषध ब्राउन सुगरसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
२ सय मिलीग्राम ब्राउन सुगर, नगद २ हजार २ सय रुपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–१० बस्ने २० वर्षीय रोशन कुमार यादव र २० वर्षीय सन्जित कुमार यादव रहेका छन्।
यसैगरी सिराहा, गोलबजार नगरपालिका–१० बाट अवैध लागु औषध ब्राउ नसुगर ९ सय ८० मिलीग्राम बराबरका १३ पोका, नगद २ हजार ९ सय ३० रुपैयाँ, मोबाइल २ थान २ र स ५ प ३६०३ नम्बरको मोटरसाइकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित बुध चोक बस्ने सन्जित मुखिया र २१ वर्षीय संजय मुखिया रहेका छन्। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।