वीरगञ्ज- सबैको चासोमा रहेको प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगञ्जमा दुई सय मत गणना हुँदा राष्ट्रिय जनता पार्टी (राजपा) अगाडि देखिएको छ । राजपाका मेयरका उम्मेदवार राजेशमान सिंहले दोस्रो स्थानमा रहेका उम्मेदवारभन्दा दोब्बर मत ल्याएका छन् । सिंहको ८१ मत पाएका छन् भने यसपछि नेपाली कांग्रेसमा उम्मेदवार अजय द्विवेदीको ४० मत छ।
यस्तै, संघीय समाजवादी फोरमका विजय सरावगीले २५ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले भने १७ मत ल्याएका छन्।
माओवादी केन्द्रले वीरगञ्ज महानगरमा उठाएको युवा उम्मेदवार रहबर अन्सारीले ल्याएको सुरुवाती मत भने निकै सानो देखिएको छ । सामाजिक अभियानमा सक्रिय र सामाजिक सञ्जालमा निकै लोकप्रिय उनले दुई सय मत गनिँदा जम्मा १३ मत ल्याएका छन्।
यस्तै, एमालेका बसरुद्धिन अन्सारीले ८ मत प्राप्त गरेका छन्।
उपमेयरतर्फ भने राजपाका उम्मेदवारले ८७, कांग्रेसका उम्मेदवारले ४३, संघीय फोरमका उम्मेदवारले २१ मत ल्याएका छन् । यस्तै, लोकतान्त्रिक फोरमले १२, माओवादी केन्द्रले ११ र एमालेले नौ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।