• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

गरिमा भनेर बेचिएको धानको बीउ नक्कली भएको पुष्टि

बाला नै नलागेपछि ५ जिल्लाका किसान प्रभावित 
64x64
नेपाल लाइभ आइतबार, कात्तिक १०, २०७६  १४:१४
1140x725

काठमाडौं- चितवन लगायत तराइका विभिन्न ५ जिल्लामा धानको हाईब्रिड जात ‘गरिमा’ भनेर कृषकले लगाएको धान गरिमा नभई अरु नै प्रजातिको रहेको पुष्टि भएको छ। गरिमा जातको भनी लगाइएको धानमा बाला नलागेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति गठन गरी अध्ययन गर्दा यस्तो निष्कर्ष निकालेको हो।

राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दीनाथ, धनुषाका धान संयोजक डा. रामवरण यादवको संयोजकत्वमा असोज ५ गते १८ सदस्यीय अध्ययन समिति गठन भएको थियो। समितिले स्थलगत अनुगमन, निरीक्षण र किसानसँग छलफल तथा अन्तरक्रिया गरी तयार पारेको प्रतिवेदनअनुसार उक्त जातको बिउ गरिमा जातको नभई भारतबाट आयात गरिएको अरु नै कुनै जातको धानको पुष्टि गरेको हो। 

असोज ५ र ६ गते निरीक्षण टोलीले उक्त जातको धान लगाइएका क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो। स्थलगत निरीक्षण पछि उक्त टोलीले तयार पारेको प्रतिवेदनमा चितवन जिल्लामा रहेको प्रशान्त एग्रोभेटका संचालक प्रदीपकुमार पाठकले गरिमा जातको भनी अर्कै कुनै जातको भएको पाइएको हो। पाठकले १३ हजार ४ सय किलोग्राम बिक्री वितरण गरेको पाइएको छ। एग्रोभेटले चितवन जिल्लामा मात्रै लगभग ९ हजार  किलोग्राम बीउ बिक्री गरेको जानकारी संचालकले निरीक्षण टोलीलाई दिएका थिए। बाँकी बीउ रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा र तनहुँलगायतका जिल्लामा वितरण भएको प्रतिवेदनमा उल्लेख छ। 

प्रशान्त एग्रोभेटबाट संकलन गरिएको बीउको प्याकेटमा उल्लेखित जानकारीअनुसार उक्त बिउको उत्पादक भारत हैदराबादको कम्पनी रेनोभा सिड साइन्स इन्डिया प्राइभेट लिमिटेड देखिन्छ भने त्यसको नेपालमा बजारीकरण (मार्केटेड बाई) सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि लमही,  दाङ उल्लेख गरिएको छ। 

गरिमा भनी बिक्री गरिएको जातको बिउ प्रायः सबै कृषकको खेतमा वानस्पतिक वृद्धि राम्रो देखिए पनि धानको बाला भने लागेको देखिँदैन। उक्त जातको धान पाक्न लाग्ने अवधि १ सय ५५ दिनभन्दा बढी हुन सक्ने भएकोले बाला पसाउन ढिलो भएको र निरीक्षण गरेकामध्ये सबै कृषकहरुको बालीको प्रिमोडियाको अवस्था भर्खर बन्न सुरु भएको पाइएको प्रतिवेदनमा उल्लेख छ। 

‘गरिमा जातको धानबाली पाक्न तोकिएको समयभन्दा उक्त धानबालीलाई लगभग २५-३० दिन बाला निस्कन लाग्ने र बाला निस्किसकेको लगभग थप ३० दिनपछि मात्र बाली काट्ने अवस्थामा पुग्ने देखियो,’ प्रतिवेदनमा भनिएको छ। 

निरीक्षण टोलीले उक्त धानको प्रजाती नेपालमा दर्ता गरिएको गरिमा जात हो वा होइन भनी यकिन गर्न उक्त बीउको डिएनए फिंगर प्रिन्ट परीक्षणका लागि बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र र बीउ विज्ञान प्रविधि महाशाखा, खुमलटारलाई पठाएको थियो। 

‘प्रशान्त एग्रोभेटबाट ल्याएको उक्त बीउको नमुना परीक्षण गर्दा डिएनको ब्यान्ड फरक नआएकोले सो धान लगाइएको खेतबाट नै बोटको नमुना तनहुँबाट ल्याई बीउ विज्ञान प्रविधि महाशाखा, खुमलटारमा परीक्षण गर्दा सो नमूनाहरुको डिएनको एक आपसमा नमिलेको पाइएको छ। जसको आधारमा यी दुई धानका जात एकै हुन नसक्ने यकिन भयो,’ प्रतिवेदनमा भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बाली पाक्ने अवधिका हिसाबमा पनि उक्त धानको प्रजाति नेपालमा दर्ता भएको गरिमा हाइब्रिडसँग मेल खाएको देखिँदैन। २०७२ सालमा नेपाल सरकारले हाइब्रिड जातको धान भनी गरिमा धान दर्ता गरेको देखिन्छ। उक्त बिउको विशेषताहरुमा पाक्ने अवधि १२०-१२५ दिन, बोटको उचाई १००-१०५ सेन्टिमिटर, मसिनो दाना भएको, र  सिफारिस गरिएको क्षेत्र तराई र भित्री मधेश रहेको थियो। तर चितवन जिल्लाका विभिन्न स्थानको स्थलगत निरीक्षण गर्दा कृषकहरुको खेतबारीमा रहेको गरिमा जातको भनिएको हाइब्रिड धान बाला निस्कने अवस्थाको प्रारम्भिक चरणमा रहेको र बाला निस्कन थप २० देखि २५ लाग्ने तथा यसको पाक्ने अवधि पनि दर्ता गरिएको गरिमा हाइब्रिड धानको भन्दा करिब १ महिना बढी लाग्ने देखिएको छ। यसरी नेपालमा दर्ता गरिएको गरिमा जातको हाईव्रिड धान र स्थलगत निरीक्षण गरिएको गरिमा जातके भनिएको धानको जातीय विशेषता (विशेषगरी बाली अवधिमा) फरक पाइएको छ। 

निरीक्षण टोलीले तयार पारेको प्रतिवेदनअनुसार कृषकहरुले चाँडो पाक्ने जात भनी विगत केही वर्षदेखि गरिमा धान लगाउँदै आईरहेका छन्। 'धान पाकेलगत्तै तरकारी बाली लगाउने योजनामा किसान रहेकोमा सो धान ढिलो तयार हुने देखिएकाले समयमै तरकारी लगाउन पाएका छैनन्। सो धान पाक्नेबेला सम्म पर्खिएमा चरा, मुसा र रोग किराबाट जोगाउन गाह्रो हुने जसले गर्दा थप समस्या सृजना हुने भएका कारण किसानहरु चिन्तित बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ।

बीउ व्यवसायीबाट आफूहरु ठगिएकाले क्षतिपूर्ति पाउनु पर्ने माग कृषकहरुको रहेको छ।

(पाक्ने बेलासम्म पनि बाला नलागेको गरिमा धान। तस्बिरः कान्तिपुर)

Xtrem

Xtrem

यो पनि 
गरिमा धानको बिउ नै नक्कली, ४ महिनामा पाक्नुपर्ने धानमा बाला नलागेपछि किसान चिन्तित

 

प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
गाजामा इजरायलको कडा चेतावनी
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्