• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

माथिल्लो तामाकोसीको भौतिक प्रगति ९० प्रतिशत, शेयरका लागि वित्तीय संस्था परिचालन

64x64
नेपाल लाइभ मंगलबार, असोज ३, २०७४  १७:११
1140x725

काठमाडौँ- राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशतभन्दा माथि पुगेको छ। 

सरकारले आयोजनाका लागि हरप्रकारको सहयोग उपलब्ध गराउँदै तोकिएको समयभन्दा पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो। 

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको एक ठाडो सुरुङ (भटिर्कल साफ्ट टनेल) ब्रेक थ्रु भएपछि भौतिक प्रगति ९० प्रतिशतमाथि पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए।

विद्युत् गृहमा पानी ल्याउने सुरुङ मध्येको सबैभन्दा अप्ठ्यारो मानिएको सो सुरुङ ३२२ मिटर लामो छ। 'विश्वकर्मा पूजाको दिन नै हामीले सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङ निर्माण सम्पन्न गरेका छौं,' आयोजना प्रमुख श्रेष्ठले भने, 'सो कार्य सम्पन्न भएपछि ‘भर्टिकल स्टिल लाइनिङ’ जडानका लागि समेत मार्ग प्रशस्त भएको छ।' 

भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको आयोजनाको काममा दैनिकजसो प्रगति भइरहेको उनको भनाइ छ। आगामी असार अन्त्यमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ। 

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आयोजनाको कार्यप्रगति दैनिक जसो राम्रो अवस्थामा रहेको र तोकिएको समयमा पूरा गराउन आफूहरु प्रतिवद्ध रहेको बताए।  आयोजनाको काम तीव्र रुपमा अगाडि बढे पनि प्रसारण लाइन र सब स्टेशन निर्माण कार्यले गति लिन नसक्दा विद्युत् खेर जाने आशंकाले आयोजना र नेपाल विद्युत् प्राधिकरणलाई नराम्ररी सताएको उनको भनाइ छ। 

माथिल्लो खिम्ती सव स्टेशनको काम जग्गा प्राप्तिको समस्याले अगाडि बढ्न सकेको छैन। जग्गा प्राप्तिको विषयलाई समाधान गर्न पहल भइरहेको आयोजनाले जनाएको छ। 

रोल्वालिङको अनुमतिपत्र प्राप्त 
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २२ मेगावाट क्षमताको रोल्वालिङ खोला डाइभर्सन आयोजनाको अनुमतिपत्र पाएको छ। विद्युत् विकास विभागले सो आयोजनाको अनुमतिपत्र गत भदौ २५ गते आयोजनालाई हस्तान्तरण गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

माथिल्लो तामाकोसी आयोजनामै रोल्वालिङ खोलाको पानी मिसाउन यसअघि अध्ययन गरिए पनि नयाँ आयोजना बनाउँदा थप राम्रो हुने निष्कर्षका साथ आयोजनाको अनुमतिपत्र दिइएको हो। तामाकोसीको जलाशय रहेको स्थानभन्दा करिब २५० मिटरमाथि रोल्वालिङ खोलाको पानी प्रयोग गरेर २२ मेगावाट विद्युत् उत्पादन गरिने र सो पानी तामाकोसीको जलाशयमा नै खसालिनेछ। 

सो आयोजनाबाट वार्षिक करिब १६ करोड युनिट विद्युत् थप उत्पादन हुने अध्ययनबाट पत्ता लागेको छ। बालुवा थिग्ग्रयाउने मेसिन र विद्युत् गृह निर्माण गर्दा थप विद्युत् प्राप्त हुन्छ। सहज रुपमा निर्माण हुने भएकाले सो आयोजनालाई आर्कषक आयोजनाको रुपमा लिइएको छ। 

डाइभर्सनका लागि हालसम्म भएको अध्ययनअनुसार करिब सात किलोमिटर सुरुङ बनाउनुपर्ने छ। त्यसको विस्तृत इञ्जिनियरिङ डिजाइन तयार भइसकेको छ। 'आयोजनाको लागत तय गर्ने काम भइरहेको छ, बल्ल अनुमतिपत्र प्राप्त भयो, हामी सबै पक्षसँग छलफल गरेर लगानी जुटाउँछौं' नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने।

आयोजनाले कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष लगायतलाई लगानीका लागि आग्रह गर्ने तयारी गरेको छ। ती संस्थाले माथिल्लो तामाकोसीमा लगानी गरेका छन्। रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकटमा रहेकाले त्यहाँसम्म पुग्न भौगोलिक जटिलता छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केवलकार निर्माणको तयारी 
दोलखाको छेतछेतदेखि साविकको गौरीशंकर गाविसको रिखु गाउँसम्म करिब दुई किलोमिटर लामो केबलकार निर्माणको तयारी गरिएको छ। 

केवलकारबाटै निर्माण सामग्री लगायत ढुवानीको योजना बनाएको आयोजनाले जनाएको छ। जलविद्युत् आयोजनाका लागि केवलकार निर्माण गर्न लागिएको यो नै पहिलो पटक हो। 
यस्तै आयोजनाले दोलखा जिल्लावासीलाई प्रदान गर्ने साधारण शेयरका लागि स्थानीय सहकारी संस्था तथा अन्य वित्तीय संस्था परिचालन गर्ने नीति लिएको छ। 

आयोजनाले केही समयभित्रै स्थानीयवासीका लागि साधारण शेयर दिने र आगामी चैतमा आम नागरिकका लागि साधारण शेयर जारी गर्ने तयारी गरेको छ। यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई साधारण शेयर दिइसकिएको छ।रासस 

प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्