वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको मतगणना अपराह्नबाट मतगणना सुरु भएको छ।
बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने भनिए पनि निर्धारित समयमा बैठक बस्न नसकेपछि गणना सुरु हुन ढिलाइ भएको हो । ठाकुरराम बहुमुखी क्याम्पसमा सुरु गरिएको मतगणनाका लागि गणना स्थलमा तारजाली र क्लोज सर्किट क्यामरा जडान गरिएको छ ।
वडा नम्बर १ र ३२ बाट गणना सुरु गरिएको छ । ३२ वडा रहेको वीरगञ्ज महानगरमा एक लाख आठ हजार ५०१ मतदाता छन्।
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका र आर्थिक नगरी भएकाले वीरगञ्जको चुनावलाई महत्वपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।