पोखरा- पोखराको विजयपुर खोलामा बम पड्किँदा पत्रकार घनश्याम पाण्डे घाइते भएका छन्। शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको टाउकोको दाहिनेपट्टि र घाँटीमा चोट लागेको छ। पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाइते भएको पत्रकार गिता रानाले जानकारी दिए। उनका अनुसार अरु दुई घाइतेको परिचय खुलेको छैन।
यतिबेला प्रहरी र आर्मीको टोली विजयपुर खोला पुगेको छ। पत्रकार पाण्डे गण्डकी मिडिया हाउस अन्तर्गत रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन्। पाण्डेलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।