• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

लुट्नलाई यही एउटा देश त छ!

64x64
किशोर दहाल मंगलबार, असोज ३, २०७४  १०:४८
1140x725

केही वर्षअघि एउटा टिभी अन्तर्वार्तामा साहित्यकार चट्याङ मास्टरले राजनीतिको सट्टामा नयाँ शब्द प्रयोग गरेका थिए– राज्य दोहन नीति। उनले त्यो शब्द यति निर्धक्कसाथ प्रयोग गर्छन् कि दैनिक राजनीतिक घटनाक्रमलाई थोरै मात्र नियालिएको जो कसैले त्यसमा खुसीसाथ चित्त बुझाउँछ। कार्यक्रम प्रस्तोताले राजनीति शब्द प्रयोग गर्दा पनि उनी सजग गराउँछन्– राजनीति नभन्नुस् न, राज्य दोहन नीति भन्नुस्।

चट्याङ मास्टरले भनेजस्तो राज्य दोहन नीतिको खुल्लमखुल्ला अभ्यास देखिन थालेको छ। र, आम जनताले पनि सजिलै महसुस गर्न सक्ने गरी यस्ता अभ्यास भइरहेका छन्।

एक हप्ताभित्रै प्रधानमन्त्री  देउवाले आफ्नो मन्त्रिपरिषद्को विस्तार गरेर ५६ सदस्यीय पुर्याए। आवश्यकता र औचित्य बिना नै मन्त्रीहरु थपिदिए। करिब चार महिना मात्रै आयु बाँकी रहेको मन्त्रिपरिषदमा सदस्य थप्नु कुनै नैतिकपूर्ण काम थिएन। राज्यकोषमा करोडौं रुपैयाँको भार थपिने यो कदमप्रति प्रधानमन्त्रीमा कुनै जवाफदेहिता देखिएन।

प्रधानमन्त्रीको यो कदम लोकतन्त्रको आवरणमा स्वेच्छाचारिता मौलाइरहेको प्रमाण मात्रै हो। यस्तो बेलामा जनचाहनाप्रति बेवास्ता र हेपाइ चल्नु सामान्य नै हो।

केही दिनअघि मात्रै राज्य व्यवस्था उपसमितिले पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी विधेयकलाई पारित गरेको छ। सम्भवतः त्यो कानून बन्छ नै। र, प्रशस्त तलबभत्ता लिएर ‘सेवा’ गरेका पूर्वपदाधिकारीहरुले अवकासपछि लाखौंको वार्षिक लाखौं भत्ता बुझ्नेछन्। कल्याणकारी राज्यको अवधारणाअनुसार अप्ठ्यारोमा परेका नागरिकलाई राज्यले सहयोग गर्नु स्वभाविक हो। तर, केही अपवाद बाहेक सरकारले आजीवन भत्ता र सुविधा दिएर पाल्नुपर्ने पूर्वपदाधिकारी देशमा कमै छन्। तर, लाखौंको भत्ता सुविधाको वितरण चल्दैछ।

प्रश्न उठ्छ नै, सरकारी आवास, पेन्सन, सवारी साधन र निजी सचिवालयको व्यवस्था गरेर पूर्वपदाधिकारीहरुलाई किन राज्यको सक्रिय अंग बनाइरहन खोजिएको हो? राजनीतिमा उच्च पदमा बसेर सेवा गरिसकेपछि उनीहरुलाई स्वतन्त्र अध्ययन, अध्यापन वा अन्य काम व्यवसायतिर उत्प्रेरित गर्ने कि राज्यको राजस्वको अगाडि भुनभुनाउन बाध्य पार्ने?
राजनीति सेवाको लागि हो कि पेन्सनको सुनिश्चितता गर्न?  

हालै सम्पन्न स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले तोकेको खर्चको दायराप्रति उम्मेदवारहरुले खुला असन्तुष्टि देखाए। स्वभाविक छ, पार्टीहरुलाई पैसा चाहिन्छ। व्यापारी, उद्योगी, दलाललाई चुनावको टिकट चाहिन्छ। आवश्यकताको साटफेर चलिरहेको छ। परिणामस्वरुप, चुनावी खर्च यति महंगो भइरहेको छ कि साधारण मान्छेले आफ्नो स्वच्छ र सामाजिक सक्रियताको छबि देखाएर चुनावी मैदानमा उभिने आँट गर्नै नसक्ने अवस्था आएको छ।

चुनावमा खर्च बढ्नुको एउटै कारण छ, चुनाव जितेपछिको पदीय शक्तिले ल्याउन सक्ने अदृश्य लाभ। र, अहिलेको अथाह खर्चलाई क्षतिपूर्ति गर्न सकिन्छ भन्ने विश्वास। स्थानीय खोलानाला, वन र अन्य प्राकृतिक स्रोतमाथि गरिने ठेक्कापट्टाको खेती र कमिसनबाट हुने लाभ चुनाव खर्चभन्दा पक्कै बढी हुन्छ होला। त्यसैले नै खुला दिलले खर्च बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

चुनाव त राज्य दोहन गर्नका लागि लाइसेन्स जित्ने प्रतियोगिता जस्तो भएको छ। अति खर्चिलो चुनावी जितले जनतालाई खासै प्रतिफल दिने छैन।

केही वर्षअघिसम्म लाखौंको भ्रष्टाचार भन्ने सुनिथ्यो। आजकाल अरबौंका भ्रष्टाचार भएको सुनिन थालिएको छ। ‘भ्रष्टाचारी’हरु हँसिलो मुख मिडियासामु तेर्स्यारहेका छन्। मानहानीको दाबी विरोध गरिरहेका छन्। सोमबार मात्रै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मिडियाको बलमा फालिएका हुन्। लामो समय खड्काको अनियमितताको खबर मिडियामा छाइरहँदा दलहरु मौन बसे। कुनै दलले पनि बोल्ने आवश्यकता ठानेनन्। यसको एउटै कारण हो, राजनीतिसँग भ्रष्टचारको नाभी जोडिनु।

राजनीतिमा बढेको मनी र मसलको प्रभावमा भ्रष्टहरुको लगानी र दलहरुको आशक्ति नहुँदो हो त, जो कोही नेताले बोल्ने आँट गर्थे। तर, ती सबै घाममा राखेको कर्कलोजस्तो ओइलाए। यसको कारण भ्रष्टहरुको लगानी दलहरुमा पनि रहेको बुझ्न कुनै गाह्रो छैन।

कर्मचारीहरु मात्रै होइन, सांसदहरुले राष्ट्रिय ढुकुटीमा आँखा गाडेको निकै समय भएको छ। उनीहरु अवकाशपछि आफूहरुलाई सुविधा दिनुपर्ने माग राखेको राख्यै छन्। कतिसम्म भने केही समयअघि एकजना सांसदले संसदमै कुरा उठाएका थिए– सांसदहरु रिटायर्ड भएपछि हामीले चाहिँ के नुन चिनीको दोकान थाप्ने? हामीलाई रिटायर पछिको प्लान सरकारले दिनु पर्यो।

थाहा छैन, सांसदको पद सकिएपछि के गर्ने भन्ने प्लान सरकारले बनाइदिनुपर्ने देशका सांसदसँग देशलाई कस्तो बनाउने भन्ने प्लान छ कि छैन। हुँदो हो त, संसदमा उभिएर नुन चिनीको दोकान थाप्नेहरुप्रति हेयको दृष्टि राख्दैनथे होला।

अर्को कुरा, यसरी भविष्यको चिन्ता हुने नेताहरुले लाखौं रुपैयाँ खर्च गरेर चुनाव नै जित्नुपर्ने चाहिँ किन? चुनाव लड्ने पैसा कुनै व्यापार व्यवसायमा लगाएर निरन्तरको आम्दानीतिर हात हाले हुँदैन?

पूर्व सांसदहरुले पनि पेन्सन सुविधा मागिरहेका छन्। असनको भीडजस्तो सांसद भएका देशमा पूर्व सांसदहरुलाई पनि भत्ता सुविधा दिनुपर्छ भन्नुको अर्थ देशलाई लैनो भैंसी सोच्ने लालसाबाहेक अरु केही होइन। यो आवश्यकभन्दाको लोभको ग्रन्थीको सक्रियताको परिणाम हो।

उपचार पर्यटनकै नाममा पनि राज्यकोष दोहन भइरहेको छ। वर्षेनी धेरै रकम देशबाट बाहिरिन्छ। केही दिनअघि मात्रै पूर्व प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल थाइल्याण्ड पुगेका थिए। सुजताले उपचारकै लागि पचास लाख पाइन्। अन्य नेताहरुका लागि पनि निकै रकम खर्च भएको छ। ठूल्ठूला उपचारका लागि समेत नेपालको चिकित्सा क्षेत्र सक्षम भइसकेको छ। तर, सामान्य रोगको उपचारको लागि विदेश पुग्ने प्रचलनमा कमी आएको छैन। यसको एउटै कारण हो, ढुकुटीमा भएको पैसा माथिको लोभ। अरुले लुट्न हुन्छ भने मैले किन नहुने भन्ने इश्र्याले उपचार पर्यटन मौलाउँदै छ। यसमा ‘राष्ट्रवादी’ भनिनेहरु र ‘लम्पसारवादी’को आरोप लगाइएकाहरु बीच फरक नहुने रहेछ।

यी सामान्य चित्र हुन्। वास्तविक आकृति अझ बढी भयावह छ। यहाँ अनेक नाममा ह्वारह्वार्ती पैसा छरिन्छ। नाम ठेगाना नखुलेकाहरुको नाममा मन्त्रिपरिषद्ले सहयोग रकम बाँड्छ। आफन्तका नाममा पुरस्कार बाँड्छ। तर यो यही देश हो, जहाँ विश्वविद्यालयमा रिसर्च गर्न, दुर्गममा अस्पताल र विद्यालय खोल्न, झोलुङ्गे पुल बनाउन, तटबन्धन गर्न यो जहिल्यै बजेट अभाव हुन्छ। यो यही देश हो, जहाँ विशिष्टहरुको सुविधाको निम्ति फास्ट ट्र्याकबाट काम हुन्छ, कानून बन्छ। तर, भूकम्प र बाढी पीडितलाई सहज जीवनशैलीमा फर्काउन अनेक नियमको लहराले पासो लगाउँछ।

यस्तै बेथिति र लुटबाट वाक्क भएका जनतालाई आशाको मल्हम लगाउन उम्रिएका नयाँ र वैकल्पिक शक्ति भनिएका दलहरुको मौनता भने अचम्मलाग्दो छ। तिनका काम सडकमा स्वस्फूर्त उत्रिने जनतालाई आफ्नो लोगोसहितको पम्प्लेट थमाउने र निर्वाचन चिह्नको निम्ति सडकमा नारा लगाउने मात्रै हो? कि, चलिरहको राज्य दोहन नीतिविरुद्ध संघर्षको नेतृत्व पनि गर्ने हो? राज्य कोषमाथि मिलिभगत चलिरहेको अवस्थामा जब मौन बसेर समर्थन गरिन्छ, चुनावमा मात्रै तिनको नयाँ उम्मेदवार किन चाहियो?

र, सबैभन्दा खतरनाक चाहिँ जनताको मौनतामा छ। यस्तो लाग्छ कि करोड र अरबका भ्रष्टाचारका समाचारले कसैको टाउको रन्थन्याउन छाडिसकेको छ। ‘नेपालमा यस्तै हो’ भन्ने बानी विकास भइरहेको छ। अस्वभाविक कुराहरु जब स्वभाविक लाग्न थाल्छ। तब लोकतन्त्र कुनै अर्थमा लोकतन्त्र रहँदैन।

हामीहरु कता गइरहेका छौं?

प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्