काठमाडौं- माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको पहिलो बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो।
‘संसदीय दलको पहिलो बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ,’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताइन्। ५३ सांसद सदस्य भएको माओवादी संसद्को तेस्रो ठूलो दल हो। माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट जितेको छ।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया सकरात्मक रहेको सांसदहरुलाई जानकारी गराएका छन्। एकता प्रक्रियाका विषयबस्तुबारे भने प्रचण्डले खुलाएन्। प्रचण्डले एक-दुई दिनमै यसबारे ठोस निर्णय हुने मात्र बैठकमा ब्रिफिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।