काठमाडौं- शिक्षा पत्रकार समूहको नवौँ अधिवेशनबाट रोश्ना सुब्बा (शिक्षक मासिक)को नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।
आज यहाँ सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा शेषकान्त पण्डित (गोरखापत्र), महासचिवमा चन्द्र बानियाँ (रेडियो नेपाल), सचिवमा तुला अधिकारी (कृष्णसार एफएम), कोषाध्यक्षमा श्याम तण्डुकार (शिक्षालय मासिक) चयन भएका छन्।
समितिको सदस्यमा निर्जला कक्षपति, वासुदेव तिमल्सिना, ममता थापा, कृष्ण मल्ल, रोशन गाउँले, गोपाल संग्रौला, विष्णु विवेक विश्वकर्मा र प्रज्ञा तिमल्सिना निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष सुब्बाले सार्वजनिक शिक्षाका मुद्दा वकालत गर्न थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
नवनिर्वाचित कार्यसमितिलाई समूहका पूर्व अध्यक्षहरु सुदर्शन घिमिरे, हरि थापा, प्रकाश सिलवाल, सुदर्शन सिग्देल, निवर्तमान अध्यक्ष दीपक दाहाललगायतले सक्रियताका साथ काम गर्न शुभकामना दिएका छन्।
अधिवेशनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।