बुटवल– नेकपा एमाले प्रदेश ५ को संसदीय दलको कार्यालयले वाम गठबन्धनका सांसदहरुलाई आइतबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ।
संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शनिबार विज्ञप्ति निकाल्दै सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका हुन्। आइतबारको प्रदेशसभामा उपसभामुख चयनको कार्यसूची रहेको र मत विभाजन समेत हुनसक्ने भएकाले अनिवार्य उपस्थितिका लागि सूचित गरिएको विज्ञप्तिमा उल्लेख छ।
उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद किस्णी थारुको उम्मेदवारी परेको छ भने कांग्रेसको तर्फबाट सांसद रिना विश्वकर्माले पनि उम्मेदवारी दर्ता गराएकी छन्।
आइतबार दिउँसो १ बजे मत विभाजन गरी सभामुख चयन हुनेछ। उपसभामुखमा थारू निर्वाचित हुने निश्चित जस्तै छ। ८७ जना सांसद रहेको संसदमा वाम गठबन्धनका ६१ सांसद छन् भने कांग्रेससँग १९ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।