सर्लाही– एयरगन र गोलीसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
मलंगावा नगरपालिका–५ बस्ने २३ वर्षीय मोहम्द अबु तोरावलाई मेड इन वेष्ट जर्मनी लेखिएको एयरगन बन्दुक र गोलीसहित पक्राउ गरेको हो। पाइन्टको खल्तीमा लुकाई राखेको सोही बन्दुकमा प्रयोग हुने गोली १ राउण्ड सहित शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।