धनगढी- प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज सपथग्रहण गर्दैछन्।
प्रदेश प्रमुख मोहनराज मल्लले दिउँसो ३ बजे भट्टलार्इ पद तथा गोपनीयताको सपथ गराउन लागेका हुन्। भट्ट बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।
एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। ४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्।
प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।