धनगढी- ७ नम्बर प्रदेशको उपसभामुखमा दार्चुलाकी सांसद निर्मला जोशीको नाम सिफारिस गरिएको छ। नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीले ३२ वर्षीय जोशीलाई सो पदमा ल्याउने निर्णय गरेको हो।
सांसद जोशीले आज उम्मेदवारी दर्ता गर्न लागेको माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ।
यस प्रदेशमा माघ २९ गते नै एमाले बझाङका सांसद अर्जुनबहादुर थापा सभामुख बनिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।