बैतडी- पुरचौँडी नगरपालिका– ५ कुवाकोटमा शुक्रबार ना४क ५७६५ नं को एक्स्काभेटर दुर्घटना हुँदा चालक कञ्चनपुर भीमदत्तनगरपालिका– ९ का ३८ वर्षीय रामबहादुर रावलको मृत्यु भएको छ।
अपराह्न सडक निर्माण गर्ने क्रममा एक्स्काभेटर सडकबाट १२० मिटर तल खसेको थियो। गम्भीर घाइते चालकलाई उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।