लन्डन (एजेन्सी)– सोसल मिडियामा अहिले एउटी महिलाको गाउन निकै भाइरल भइरहेको छ। झट्ट हेर्दा उनी सुन्दर दुलही झैं देखिन्छिन्। तर, वास्तवमा यो मान्छे नभई केक हो। जसलाई हिरा र मोती जडेर बनाइएको छ। केकलाई मूर्तिको आकारमा बनाइएको छ। ड्रेसअप पनि केकको मेटेरियलबाट बनाइएको हो।
बेलायतबाट प्रकाशित हुने पत्रिका ‘दि सन’ का अनुसार यसको मूल्य करौडौंको हो। ६ फिट अग्लो यो केकको मूल्य नै ७ लाख युरो बताइएको छ। यसलाई विश्वकै सबैभन्दा महँगो केक मानिएको छ। यो केक दुबईमा हुन लागेको ‘वेडिङ’ सोका लागि निर्माण गरिएको हो। केकलाई ब्रिटिस डिजाइनर डेबी विनगमले तयार पारेका हुन्।

यसरी बनाइयो केक
– हजार अण्डा
– ५ हजार हेन्ड कट फूल
– २० किलो चकलेट
– मोती
– हिरा
केक बनाउन १० दिनको समय लागेको थियो। डेबीलाई केक बनाउन दिनमा १२ घन्टा काम गर्नुपरेको थियो। यो केक हेर्न संसारभरिबाट मान्छे ओइरिने गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।