इलाम- नेपाल राष्ट्रिय शिक्षक संगठनको ११औं जिल्ला अधिवेशनले प्रकाश खनालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
संगठनको शुक्रबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा थीरबहादुर राई र रेनुका सुवेदी, सचिवमा रूपमान सुब्बा, सहसचिवमा प्रतिमा चापागाईं र कोषाध्यक्षमा प्रकाशचन्द्र शर्मा चयन भएका छन्।
कार्यसमिति सदस्यमा गीतादेवी अधिकारी, नुनुमा राई, इन्दिरा शिवाकोटी, नेत्रप्रसाद अधिकारी, गणेशप्रसाद खतिवडा, डिकबहादुर राई, रवीन तिम्सिना, कुवीर तामाङ, केन्द्र बस्नेत लगायत छानिए। महाधिवेशन प्रतिनिधिमा भने गोपाल नेपाल, रूद्रबहादुर दर्जी, हरि ढुंगेल र भीमलता उप्रेती छनोट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।