दमासकस-सिरियाको राका प्रान्तको पश्चिमी भागमा एक सामूहिक चिहान फेला परेको छ। ३४ भन्दा बढी व्यक्ति रहेको यस चिहानमा इस्लामिक स्टेट्स (आइएस) समूहले हत्या गरेका व्यक्ति रहेका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ।
समाचार अनुसार राथमान सहर नजिकै यस चिहानमा शव फेला परेको हो। त्यस क्षेत्रमा यस प्रकारको चिहान सेनाले फेला परेको यो तेस्रो पटक हो।
राका प्रान्तमा पश्चिमी भागमा फेला परेको यस सामूहिक चिहान आइएस समूहद्वारा हत्या गरिएका नागरिक र लडाकुहरूको भएको समाचारमा जनाइएको छ। गत डिसेम्बरमा पनि राका प्रान्तको पश्चिमी भागमा दुई वटा सामूहिक चिहान फेला परेको थियो। सो चिहानमा १५० भन्दा बढी व्यक्ति फेला परेका थिए।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।