• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २, २०८२ Tue, Nov 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

परदेशमा दसैं आएको गएको पत्तो हुँदैन

64x64
नेपाल लाइभ सोमबार, असोज २०, २०७६  १५:३०
1140x725

चाडपर्वहरू कसैका व्यक्तिगत होइनन्। यी देश र समाजका साझा हुन्। साझा कुराहरू सामूहिक रूपमा प्रयोग गरिन्छन्। इद इस्लामको मात्र होइन। ल्होसार र बौद्धमार्गीको मात्र होइन। बुद्ध जन्मिएका पो नेपालमा हुन्। बुद्ध जयन्ती त विश्वका थुप्रै देशहरूमा मनाइन्छ। बुद्ध त विश्वका पो हुन्। अन्य थुप्रै जातजाति विशेषका पर्वहरू सबै समाजका साझा नै हुन। बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति रुपमा सहिष्णुता रहँदै आएपछि यी सबै कुरा एक विशेष वर्ग र समूहको निजी रहने भएनन्। ती स्वत: समाजमा निहित हुने भइहाले। यसैलाई धार्मिक सहिष्णुता भनिएको हो।

विजयादशमी ढोकैमा अवस्थित छ। भर्खर नव दुलही भित्र्याउने चटारो जस्तै गाउँ टोलछिमेक दसैं भित्र्याउने तरखरमा लागिसकेको छ। दसैं नेपालीहरूको महान चाड हो। यसलाई विशेष हिन्दुहरूको भनिएता पनि स्वभावत यो पनि समाजकै साझा भइहाल्यो। चाडपर्व देशका मौलिक र सांस्कृतिक धरोहर हुन। यिनले झन्डै एक युगको सिंगो इतिहास बोकेका हुन्छन्। यी राष्ट्रिय गौरवका विषय पनि हुन्। तेरो र मेरोको संघारमा खिचातानी गरिरह्यौं भने हामीले बाँच्ने तरिका बिर्सन्छौं। हाम्रो धर्म, हाम्रो सस्कृति, हाम्रा परम्परा , हाम्रा रितिरिवाज भन्न सकेनौ भने यी हामी कसैका रहँदैनन्। हामी आफ्नै रहँदैनौं। आफ्नै नरहेपछि हामी अरूको कसरी बनौंला!

चाडपर्वले देशभित्रको कला-संस्कृतिको बनावट र सुन्दरताको झझल्को दिनुपर्छ। यी हाम्रा मौलिकताका चिनारी हुन्। त्यसैले त पश्चिमाहरू पनि आजभोलि दशमीको दिन जमरा र टीका ग्रहण गरिरहेको अवस्थामा भेटिन्छन्। साडी चोलो, दौरासुरुवाल र ढाकामा सजिएका भेटिन्छन्। 

वेद, पुराण र संस्कृतका श्लोकहरू भट्याइरहेका भेटिन्छन्। उनीहरूलाई कसैले आह्वान गरेको होइन वा भनौं उनीहरू आफैं तदारुकताका साथ चाखले सामेल भएका पो हुन त। 

खासमा उनीहरूलाई हाम्रो कला, संस्कृति र संस्कारको बनोट मन परेको हुनुपर्छ। नत्र चाहे रामले रावणलाई मारेका होउन् वा दुर्गा भवानीले महिषासुरको बध गरेकी हुन् त्यो उनीहरूको चासो र गहन आस्थाको विषय पटक्कै होइन। 

भनिन्छ- रङ, रूप र संगीतको कुनै भाषा हुँदैन। 

त्यस्तै भएको हुनुपर्छ। घटस्थापनामा रोपिएका पहेंला जमरा, चामलमा मुछिएको रातो टीका, नयाँ, नयाँ पोषाकमा सजिएका मान्छे लगायत विभिन्न सर-सामग्री जुटाएर चाड मनाउने  हाम्रो शैली र विधिले उनिहरूलाई आकर्षित गरेको हनुपर्छ। आस्था र विश्वासका कुराहरू त आफ्नो ठाउँमा भइहाले। कमसेकम देशवाशीहरूको हर्ष र खुसीको माहोलमा सबैजना सहभागी हुन त सक्ने भैहाल्यौ नि, होइन र?

नेपाल, भारत, भुटान र म्यानमार जस्ता देशहरूमा विशेष रूपले यो चाड मनाइन्छ। देश र भेष अनुसार मनाउने तौरतरिका फरक भएपनि समग्रमा यो एउटा विजयको उत्सव नै हो। दुर्गा भवानीले महिषासुरको बध गरिन् वा गरिनन्, रामले रावणको बध गरे वा गरेनन् भन्ने महत्त्वपूर्ण कुरा नहोला तर असत्यमाथि सत्यको विजय हुनुपर्छ। लोभ, क्रोध, मोह, अंहकार जस्ता दुर्भावहरूको अन्त्य सदैव हुनुपर्दछ। यो समाज र राष्ट्रको साझा चाहना हो। विशेषगरी देशका सत्तासीन तथा सरकारी ओहोदामा विरानजमान हाम्रा राष्ट्र सेवकहरूमा दुर्गा भवानीको आशिर्वाद सदैव रहिरहोस्। बडादशैंले सम्पूर्णको हृदयबाट भ्रष्ट आचरणहरूको शुद्धीकरण गरोस्। देश विकास र समृद्धिको मार्गमा अघि बढोस्। 

Ncell 2
Ncell 2

गोदावरी, मखमली र सयपत्री जस्ता फूलहरूले देशभित्रका घर आँगनहरू हेर्न लायकका भए होलान्। यसैबेला त हो यी फूलहरू प्रेम, सद्भाव र अपनत्वको सुवास छर्ने काममा लिगीपरेका हुन्छन्। यतिबेल गाउँघरका बाटोघाटो गोरेटो आफैंलाई कुरिरहेजस्ता लाग्छन्। एउटा झोला काँधमा भिरेर अर्को हातले ठूलो  ब्याग घिसार्दै थुप्रै प्रवासीहरू स्वदेश फिर्दै होलान्। कतिलाई छुट्टी मिलेन होला। कतिको छुट्टी र दसैंको तालमेल नमिलेको दशकौं भयो होला। तिनले घरमा भएका वृद्ध बा-आमा सम्झिँदा हुन्। विवाहितहरूको सम्झनामा श्रीमती र बालबच्चा पनि थपिने भए। बाँकी टीका सम्झिँदा हुन्। जमरा सम्झिँदा हुन्। गाउँठाउँका हरियाली फाटँहरू, गोरेटो गल्लीहरू सम्झिँदा हुन्। 

आजको दुनियाँ बेफुर्सदी छ। कामको व्यस्तताले कसैलाई छाडेको छैन। दशैंको आगमन सँगै सहरबजारमा सन्नाटा छाउन थाल्छ। मान्छेहरू सोहोरिएर गाउँतिर लम्किन्छन्। गाउमाँ हुलमुल बढ्छ। यो दृश्य हेर्न लायक हुन्छ। दसैंमा हेर्न लायक नजारा मध्ये यो पनि एक हो। यतिबेलै त हो आफ्नाले आफ्नालाई भेट्छन्। ठूलाबडाको आशिष थाप्छन्। निधारमा टीका, कानमा जमरा अनि गाउँघरको रौनक। आहा! सम्झिँदा पनि मन तरङ्गित भएर आउँछ। प्रवासमा बसेर यी सबै कुराहरूलाई सम्झनामा उतार्नुको अर्को विकल्प छैन। 

दसैंको पूर्वसन्ध्याबाटै आसपास बढेको रमझम र मान्छेहरूको रङ्गीचङ्गी जमात देखेर गाउँघरले पनि सोच्दो हो- यो दशैं सधैं आइरहोस्। बलिया पाखुराहरूले गाउँ नछाडुन्। यी यहीँ वरिपरी दौडधुप गरिरहुन्। हलो कोदालो लिएर यहीँको माटो खोस्रिउन्। यही माटोमा सन्तुष्टिका फसलहरू उब्जाउन्। भिरपाखाहरूलाई सिंगारून्। त्यसो गरे भने म पनि त यिनीहरूलाई सहरको भन्दा बढी आनन्द दिनसक्दो हुँ! सम्पूर्ण सुखसयल यिनीहरूले यहीँ भेट्ने थिए। 

गाउँको यो भित्री व्यथा कसले सुनिदिने, कसले बुझिदिने? यहाँ मान्छेको प्राणको त बेवास्ता हुन थालिसक्यो। निस्प्राणलाई कसले सुन्छ?

मान्छे जतिसुकै सहरिया जीवनशैली बाँचेपनि गाउँघर छाड्न नहुने हो। यो कुराको सबैभन्दा बढी अनुभूति देश छाडेपछि नै हुने रहेछ। आफ्नै देश गुमाएर अर्कको देशमा शरणार्थी जीवन व्यतीत गर्न पुगेकाहरूलाई आफ्नो देशको सम्झना कति आउँदो हो!  देश छाड्नु भनेको हृदयमा मातृप्रेमको अन्नत दीप प्रज्ज्वलन गरेर हिँड्नु पनि रहेछ। सम्झनाहरूले हृदयको दियोमा तेल थप्ने काम गरिरहेका हुन्छन्।

निरन्तर चारवर्षदेखि परदेशमा छु। देशको सम्झना त आइहाल्ने नै भयो। पहिलो चोटि देश छाडेर परदेशी भूमिमा टेक्दा जति अन्योलताले गाँजेको थियो त्यो भन्दा दश गुणा बढी राष्ट्रप्रेम पहिलो छुट्टीमा देशको विमानस्थल टेक्नेबेला हुँदोरहेछ। स्वर्गमा नै उत्रिँदैछु भन्ने लाग्दो रहेछ। विमानको झ्यालबाट तल आफ्नै देशको परिवेश देख्दा आफ्नै भुखन्डमा प्रवेश गरेँ भन्ने भावले शरीरमा उत्साहको सञ्चार हुँदोरहेछ। त्यसैले त भनिएको रहेछ, 'जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी!'

पहिलो दसैंमा देश खुब सम्झिएको थिएँ। अरूले जस्तै मैले पनि टीका जमरा सम्झिएको थिएँ। मन खल्बलिएको थियो। के बिराएँ, के छुटाएँ जस्तो लागिरहेको थियो। तर, अहिले कतिबेला चाडपर्व आउँछ, जान्छ पत्तो हुँदैन। अझै कतिवर्ष चाडपर्व मनाउन पाउँदिन भनी हिसाब गर्दा मनमा कुनै नैराश्यता पलाउँदैन। अनुहारमा उदासी वा हैरानी देखिँदैन। त्यसैले होला कहिलेकाहीँ एउटै कुराको एकदमै डर पो लागिरहन्छ, धन कमाउने र सपनाको महल उभ्याउने अभिलाषामा कतै मैले आफैंलाई उभिन सिकाएको आफ्नै कला-संस्कृति र धर्म- संस्कार बिर्सिने पो हुँ कि! 

(न्यौपाने कामका लागि दक्षिण कोरियामा छन्।)

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक
दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक मंगलबार, मंसिर २, २०८२
दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने मंगलबार, मंसिर २, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक मंगलबार, मंसिर २, २०८२
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
एनपीएल : उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरमाथि काठमाण्डू पाँच विकेटले विजयी सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्