• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

परदेशमा दसैं आएको गएको पत्तो हुँदैन

64x64
नेपाल लाइभ सोमबार, असोज २०, २०७६  १५:३०
1140x725

चाडपर्वहरू कसैका व्यक्तिगत होइनन्। यी देश र समाजका साझा हुन्। साझा कुराहरू सामूहिक रूपमा प्रयोग गरिन्छन्। इद इस्लामको मात्र होइन। ल्होसार र बौद्धमार्गीको मात्र होइन। बुद्ध जन्मिएका पो नेपालमा हुन्। बुद्ध जयन्ती त विश्वका थुप्रै देशहरूमा मनाइन्छ। बुद्ध त विश्वका पो हुन्। अन्य थुप्रै जातजाति विशेषका पर्वहरू सबै समाजका साझा नै हुन। बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति रुपमा सहिष्णुता रहँदै आएपछि यी सबै कुरा एक विशेष वर्ग र समूहको निजी रहने भएनन्। ती स्वत: समाजमा निहित हुने भइहाले। यसैलाई धार्मिक सहिष्णुता भनिएको हो।

विजयादशमी ढोकैमा अवस्थित छ। भर्खर नव दुलही भित्र्याउने चटारो जस्तै गाउँ टोलछिमेक दसैं भित्र्याउने तरखरमा लागिसकेको छ। दसैं नेपालीहरूको महान चाड हो। यसलाई विशेष हिन्दुहरूको भनिएता पनि स्वभावत यो पनि समाजकै साझा भइहाल्यो। चाडपर्व देशका मौलिक र सांस्कृतिक धरोहर हुन। यिनले झन्डै एक युगको सिंगो इतिहास बोकेका हुन्छन्। यी राष्ट्रिय गौरवका विषय पनि हुन्। तेरो र मेरोको संघारमा खिचातानी गरिरह्यौं भने हामीले बाँच्ने तरिका बिर्सन्छौं। हाम्रो धर्म, हाम्रो सस्कृति, हाम्रा परम्परा , हाम्रा रितिरिवाज भन्न सकेनौ भने यी हामी कसैका रहँदैनन्। हामी आफ्नै रहँदैनौं। आफ्नै नरहेपछि हामी अरूको कसरी बनौंला!

चाडपर्वले देशभित्रको कला-संस्कृतिको बनावट र सुन्दरताको झझल्को दिनुपर्छ। यी हाम्रा मौलिकताका चिनारी हुन्। त्यसैले त पश्चिमाहरू पनि आजभोलि दशमीको दिन जमरा र टीका ग्रहण गरिरहेको अवस्थामा भेटिन्छन्। साडी चोलो, दौरासुरुवाल र ढाकामा सजिएका भेटिन्छन्। 

वेद, पुराण र संस्कृतका श्लोकहरू भट्याइरहेका भेटिन्छन्। उनीहरूलाई कसैले आह्वान गरेको होइन वा भनौं उनीहरू आफैं तदारुकताका साथ चाखले सामेल भएका पो हुन त। 

खासमा उनीहरूलाई हाम्रो कला, संस्कृति र संस्कारको बनोट मन परेको हुनुपर्छ। नत्र चाहे रामले रावणलाई मारेका होउन् वा दुर्गा भवानीले महिषासुरको बध गरेकी हुन् त्यो उनीहरूको चासो र गहन आस्थाको विषय पटक्कै होइन। 

भनिन्छ- रङ, रूप र संगीतको कुनै भाषा हुँदैन। 

त्यस्तै भएको हुनुपर्छ। घटस्थापनामा रोपिएका पहेंला जमरा, चामलमा मुछिएको रातो टीका, नयाँ, नयाँ पोषाकमा सजिएका मान्छे लगायत विभिन्न सर-सामग्री जुटाएर चाड मनाउने  हाम्रो शैली र विधिले उनिहरूलाई आकर्षित गरेको हनुपर्छ। आस्था र विश्वासका कुराहरू त आफ्नो ठाउँमा भइहाले। कमसेकम देशवाशीहरूको हर्ष र खुसीको माहोलमा सबैजना सहभागी हुन त सक्ने भैहाल्यौ नि, होइन र?

नेपाल, भारत, भुटान र म्यानमार जस्ता देशहरूमा विशेष रूपले यो चाड मनाइन्छ। देश र भेष अनुसार मनाउने तौरतरिका फरक भएपनि समग्रमा यो एउटा विजयको उत्सव नै हो। दुर्गा भवानीले महिषासुरको बध गरिन् वा गरिनन्, रामले रावणको बध गरे वा गरेनन् भन्ने महत्त्वपूर्ण कुरा नहोला तर असत्यमाथि सत्यको विजय हुनुपर्छ। लोभ, क्रोध, मोह, अंहकार जस्ता दुर्भावहरूको अन्त्य सदैव हुनुपर्दछ। यो समाज र राष्ट्रको साझा चाहना हो। विशेषगरी देशका सत्तासीन तथा सरकारी ओहोदामा विरानजमान हाम्रा राष्ट्र सेवकहरूमा दुर्गा भवानीको आशिर्वाद सदैव रहिरहोस्। बडादशैंले सम्पूर्णको हृदयबाट भ्रष्ट आचरणहरूको शुद्धीकरण गरोस्। देश विकास र समृद्धिको मार्गमा अघि बढोस्। 

nimb
nimb
Ncell 2
Ncell 2

गोदावरी, मखमली र सयपत्री जस्ता फूलहरूले देशभित्रका घर आँगनहरू हेर्न लायकका भए होलान्। यसैबेला त हो यी फूलहरू प्रेम, सद्भाव र अपनत्वको सुवास छर्ने काममा लिगीपरेका हुन्छन्। यतिबेल गाउँघरका बाटोघाटो गोरेटो आफैंलाई कुरिरहेजस्ता लाग्छन्। एउटा झोला काँधमा भिरेर अर्को हातले ठूलो  ब्याग घिसार्दै थुप्रै प्रवासीहरू स्वदेश फिर्दै होलान्। कतिलाई छुट्टी मिलेन होला। कतिको छुट्टी र दसैंको तालमेल नमिलेको दशकौं भयो होला। तिनले घरमा भएका वृद्ध बा-आमा सम्झिँदा हुन्। विवाहितहरूको सम्झनामा श्रीमती र बालबच्चा पनि थपिने भए। बाँकी टीका सम्झिँदा हुन्। जमरा सम्झिँदा हुन्। गाउँठाउँका हरियाली फाटँहरू, गोरेटो गल्लीहरू सम्झिँदा हुन्। 

आजको दुनियाँ बेफुर्सदी छ। कामको व्यस्तताले कसैलाई छाडेको छैन। दशैंको आगमन सँगै सहरबजारमा सन्नाटा छाउन थाल्छ। मान्छेहरू सोहोरिएर गाउँतिर लम्किन्छन्। गाउमाँ हुलमुल बढ्छ। यो दृश्य हेर्न लायक हुन्छ। दसैंमा हेर्न लायक नजारा मध्ये यो पनि एक हो। यतिबेलै त हो आफ्नाले आफ्नालाई भेट्छन्। ठूलाबडाको आशिष थाप्छन्। निधारमा टीका, कानमा जमरा अनि गाउँघरको रौनक। आहा! सम्झिँदा पनि मन तरङ्गित भएर आउँछ। प्रवासमा बसेर यी सबै कुराहरूलाई सम्झनामा उतार्नुको अर्को विकल्प छैन। 

दसैंको पूर्वसन्ध्याबाटै आसपास बढेको रमझम र मान्छेहरूको रङ्गीचङ्गी जमात देखेर गाउँघरले पनि सोच्दो हो- यो दशैं सधैं आइरहोस्। बलिया पाखुराहरूले गाउँ नछाडुन्। यी यहीँ वरिपरी दौडधुप गरिरहुन्। हलो कोदालो लिएर यहीँको माटो खोस्रिउन्। यही माटोमा सन्तुष्टिका फसलहरू उब्जाउन्। भिरपाखाहरूलाई सिंगारून्। त्यसो गरे भने म पनि त यिनीहरूलाई सहरको भन्दा बढी आनन्द दिनसक्दो हुँ! सम्पूर्ण सुखसयल यिनीहरूले यहीँ भेट्ने थिए। 

गाउँको यो भित्री व्यथा कसले सुनिदिने, कसले बुझिदिने? यहाँ मान्छेको प्राणको त बेवास्ता हुन थालिसक्यो। निस्प्राणलाई कसले सुन्छ?

मान्छे जतिसुकै सहरिया जीवनशैली बाँचेपनि गाउँघर छाड्न नहुने हो। यो कुराको सबैभन्दा बढी अनुभूति देश छाडेपछि नै हुने रहेछ। आफ्नै देश गुमाएर अर्कको देशमा शरणार्थी जीवन व्यतीत गर्न पुगेकाहरूलाई आफ्नो देशको सम्झना कति आउँदो हो!  देश छाड्नु भनेको हृदयमा मातृप्रेमको अन्नत दीप प्रज्ज्वलन गरेर हिँड्नु पनि रहेछ। सम्झनाहरूले हृदयको दियोमा तेल थप्ने काम गरिरहेका हुन्छन्।

निरन्तर चारवर्षदेखि परदेशमा छु। देशको सम्झना त आइहाल्ने नै भयो। पहिलो चोटि देश छाडेर परदेशी भूमिमा टेक्दा जति अन्योलताले गाँजेको थियो त्यो भन्दा दश गुणा बढी राष्ट्रप्रेम पहिलो छुट्टीमा देशको विमानस्थल टेक्नेबेला हुँदोरहेछ। स्वर्गमा नै उत्रिँदैछु भन्ने लाग्दो रहेछ। विमानको झ्यालबाट तल आफ्नै देशको परिवेश देख्दा आफ्नै भुखन्डमा प्रवेश गरेँ भन्ने भावले शरीरमा उत्साहको सञ्चार हुँदोरहेछ। त्यसैले त भनिएको रहेछ, 'जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी!'

पहिलो दसैंमा देश खुब सम्झिएको थिएँ। अरूले जस्तै मैले पनि टीका जमरा सम्झिएको थिएँ। मन खल्बलिएको थियो। के बिराएँ, के छुटाएँ जस्तो लागिरहेको थियो। तर, अहिले कतिबेला चाडपर्व आउँछ, जान्छ पत्तो हुँदैन। अझै कतिवर्ष चाडपर्व मनाउन पाउँदिन भनी हिसाब गर्दा मनमा कुनै नैराश्यता पलाउँदैन। अनुहारमा उदासी वा हैरानी देखिँदैन। त्यसैले होला कहिलेकाहीँ एउटै कुराको एकदमै डर पो लागिरहन्छ, धन कमाउने र सपनाको महल उभ्याउने अभिलाषामा कतै मैले आफैंलाई उभिन सिकाएको आफ्नै कला-संस्कृति र धर्म- संस्कार बिर्सिने पो हुँ कि! 

(न्यौपाने कामका लागि दक्षिण कोरियामा छन्।)

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्